Advertisement
Advertisement
Advertisement
Advertisement

महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन भत्ता

  |      16:28:00   |  
महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन भत्ता
असार ७, सिञ्जा ।  जुम्लाको गुठीचौर गाउँपालिकाले स्वास्थ्यमा महिला स्वास्थ्य स्वयम्सेविकाले पु¥याएको योगदानको उच्च कदर गर्दै ५० जनालाई ‘प्रोत्साहन भत्ता’ उपलब्ध गराएको छ । गाउँपालिकाका १ देखि ५ वडाभित्र कार्यरत उनीहरुलाई जनही रु सात हजार पाँच सय प्रदान गरिएको अध्यक्ष हरिबहादुर भण्डारीले जानकारी दिनुभयो  ।
 
यसका लागि प्रदेश सरकारले रु ६ लाख ७५ हजार विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर गिरीले बताउनु भयो ।  अध्यक्ष भण्डारीले भन्नुभयो, “ रकमले उनीहरु उत्साहित छन् ।  स्वयम्सेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् । जुनसुकै अवस्थामा स्वास्थ्य स्वयम्सेविका खटिने गर्छन् तर सेवासुविधा पाउन सकिरहेका छैनन् । स्वास्थ्य स्वयम्सेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिइएको हो ।”
 
भत्ता पाउँदा घरायसी खर्च जुटाउन सजिलो भएको वडा नं ३ का महिला स्वास्थ्य स्वयम्सेविका धनलक्ष्मी कठायत ९महताराको० भनाइ छ । स्वयम्सेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउने लगायत स्वास्थ्यका आधारभूत काममा साथ दिँदै आइरहेका छन् ।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement