Advertisement
Advertisement
Advertisement
Advertisement

महिला जनप्रतिनिधि अब्बल !

  |      16:07:00   |  
महिला जनप्रतिनिधि अब्बल !
► नारायण अधिकारी 
वैशाख  ६, चितवन ।   यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाको नेतृत्व महिलाले गर्नुभएको छ । 
 ती निकायका प्रमुखमा क्रमशः रेनु दाहाल,  प्रभा बराल र गीता गुरुङ हुनुहुन्छ ।  दाहाल तत्कालीन नेकपा ९माओवादी० केन्द्र, बराल नेकपा एमाले र गुरुङ नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको हो ।
 
‘पुरुषले भन्दा  महिलाले हरेक क्षेत्रमा उदाहरणीय काम गर्न सक्छन्’ भन्ने उदाहरण यहाँका ती जनप्रतिनिधिले प्रस्तुत गरिरहनुभएको छ  । नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिनासाथ भरतपुर महानगरपालिका प्रमुख दाहालको नेतृत्वमा कोरोना उपचारका लागि ७२ घण्टाभित्र अस्थायी अस्पताल निर्माण भयो । 
 
राजधानी काठमाडौँ र धादिङबाट घर जान आएका मजदूरलाई गाडी रोकेर आ–आफ््नो गन्तव्य पठाउने इच्छाकामनाका प्रमुख गुरुङ अहिले चर्चाको शिखरमा हुनुहुन्छ । जिल्लाभित्र पहिलोपटक कोरोना भाइरसको सङ्क्रमण देखिएको राप्ती नगरपालिकाका प्रमुख बरालको व्यवस्थापकीय क्षमता उदाहरणीय बनेको छ ।
भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी दाहालको नेतृत्वमा अहिले भइरहेका कार्य अन्य स्थानीय तहको भन्दा कम नरहेको बताउनुहुन्छ । दाहालकै अग्रसरतामा भरतपुर कोभिड–१९ प्रयोगशाला सञ्चालनमा अएको छ । जिल्लाका तीन ठाउँमा क्वारेन्टाइन सञ्चालन गरिँदैछ । अस्पतालका कर्मचारीका लागि स्थानीय होटलमा क्वारेन्टाइन सञ्चालन गरिँदै आइएको छ । महानगरभित्रका १६ हजार १६३ परिवारले पहिलो चरणमा राहत पाइसकेका छन् । नपुगेकालाई मागका लागि फारम वडा कार्यालय पठाइएको अधिकृत जोशीको भनाइ छ । महानगरसँगै सहकार्य गरेर बाटोमा हिँड्ने मजदुर र खानबाट बञ्चित भएकाहरुलाई खाना खुवाउने काम भइरहेको छ ।
 
महानगरपालिका प्रमुख दाहालको यतिबेलाको दैनिकी कोरोनाको जोखिम हुन नदिन नै केन्द्रित हुने गरेको छ । उहाँ महानगरभित्र रोग  भित्रिन नपाओस् र कोही भोकै बस्न नपरोस् भन्नेमा आफ््नो पूरै समय खर्चिएको बताउनुहुन्छ । आफूले महानगरवासीलाई सङ्कटको घडीमा दरिलो अभिभावकत्व दिने गरी काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नोस् भनेको छु, सङ्कटमा मिलेर जुध्नुपर्छ ।”
 
स्वभावत सबैसँग मिल्न सक्ने भएकाले वृहत परामर्शमा काम गरिरहेकाले उहाँले सत्तापक्ष र प्रतिपक्षको साथ पाउँदै आउनुभएको छ । महानगरमा चार लाखभन्दा बढी जनसङ्ख्या छन् । पीडामा बढी महिलालाई पोल्ने हुँदा पनि सङ्कटमा महिला जनप्रनिधिको नेतृत्व प्रभावकारी हुने बताइन्छ । मकवानपुरसँग जोडिएको जिल्लाको पाँच नगरपालिकामध्येको राप्ती नगरपालिका हो । जहाँका दुई जनालाई कोरोना भाइरस पुष्टि भइसकेको छ । प्रमुख बराल रोगको सङ्क्रमण नेपालमा भित्रन्छ भन्ने अनुमान भएसँगै आफ्नो दैनिकी फेरिएको बताउनुहुन्छ । विगत एक महिनादेखि नगरवासीलाई सचेतना, क्वारेन्टाइन व्यवस्थापनजस्ता कार्यका लागि बैठक र दौडधुपमै उहाँको दैनिकी बित्ने गरेको छ । आम नागरवासीलाई गर्भिलो अभिभावकत्व दिन प्रमुख बराल लागिरहनुभएको छ । उहाँको नगरको चार वडा पहाडमा पर्दछन् । उद्योग कलकारखाना धेरै छन् । 
 
भोकै कोही बस्न नपरोस् भन्नका लागि उहाँले राहतमा बढी जोड दिनुभएको छ । हालसम्म पाँच हजार ३८५ परिवारले राहत पाइसकेका छन् । लगभग रु ६० लाख खर्च भइसकेको उहाँ बताउनुहुन्छ । स्थानीय बुद्ध शान्ति माविमा क्वारेन्टाइन चलिरहेको छ । अहिले सङ्क्रमण देखिएको वडा नं ८ का जनतालाई राख्न त्यहाँको ब्रह्मनगर स्कूलमा क्वारेन्टाइन बनाउने क्रममा हुनुहुन्छ ।
 
 धादिङतर्फ जोडिएको इच्छाकामना गाउँपालिका प्रमुख गुरुङको दिन आजभोलि सडकमै बित्ने गरेको छ । पैदल हिँड्नेलाई गाडी रोकेर चढाएर पठाउने, चाउचाउ, पानी, बिस्कुटजस्ता खाना खुवाउने र राहात बाँड्न उहाँ व्यस्त हुहुन्छ । उहाँले भन्नुभयो, “बिहान घरबाट हिँडेपछि रात परेको थाहा पाउँदिन म ।” सडकमा पैदल हिँडेका मजदुरदेखि खान नपाएका गाउँवासीसम्मकोमा उहाँ पुग्ने गर्नुभएको छ । घरको क्वारेन्टाइनमा बसेकालाई सम्झाउन पनि उहाँ पुग्ने गरेको बताउनुहुन्छ ।
 
सो गाउँपालिकाको जनसङ्ख्या २८ हजार रहेको छ । जसमध्ये पाँच हजार ५०० चेपाङ पर्दछन् । कूल जनसङ्ख्याको आधा गरिब छन् । उहाँले अहिलेसम्म एक हजार ५०० भन्दा बढी घरधुरीलाई राहत बाँडिसकेको बताउनुभयो । दाताको खोजी गर्ने पनि उहाँको दैनिकीभित्र पर्दछ । उहाँले भन्नुभयो, “पुरुषको भन्दा कम मैले गरेको छैन । आत्तिने र मात्तिने मेरो बानी छैन ।” जनताको हितमा सकेजति लाग्ने भन्दै उहाँले भन्नुभयो, “मेरो क्षेत्रमा मजदुर हिँडिरहने म घरमा मज्जाले सुत्न सक्दिनँ ।” म घरमा खाइरहँदा मेरो गाउँवासीले पनि खान पाउनुपर्छ उहाँले भन्नुभयो ।
 
तीनै प्रमुखको दैनिकी सङ्कट समाधानमा केन्द्रित हुने गरेको छ । क्वारेन्टाइनदेखि राहतसम्मका काम गर्दैगर्दा तीन वटै स्थानीय तहका जनतालाई अभिभावकत्व दिलाउन सकियोस् भन्ने सङ्कल्पका साथ काम गरिरहेको देखिन्छ ।
 रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement