Advertisement
Advertisement
Advertisement
Advertisement

महिला जनप्रतिनिधिलाई कानूनी शिक्षा

  |      13:48:00   |  
Symbolic : Image
Symbolic : Image
फागुन १९, कास्की । महिला तथा बालबालिकाका लागि संविधान प्रदत्त अधिकार तथा कानूनमा भएका पछिल्ला परिवर्तनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले कास्कीको माछापुच्छ«े गाउँपालिकाले महिला जनप्रतिनिधिलाई ‘विद्यमान कानून’का विषयमा प्रशिक्षण दिएको छ ।
 
तीन दिने सो प्रशिक्षणमा गाउँपालिकाको नौवटै वडाबाट २० महिला जनप्रतिनिधिको सहभागिता थियो । फागुन १६ देखि १८ गतेसम्म दिएको प्रशिक्षणमा कानूनी साक्षात्कार तथा पृष्ठपोषण गरिएको थियो । 
 
कार्यक्रममा अधिवक्ता भगवती पहारीले परिमार्जित कानूनका बारेमा जानकारी गराउनुभएको थियो । मुलुकी देवानी तथा फौजदारी संहिता २०७४ का प्रमुख विशेषता तथा त्यसमा महिला तथा बालबालिकाका बारेमा उल्लेख भएका प्रावधानका  बारेमा उहाँले प्रशिक्षण दिनुभएको हो ।
 
त्यसैगरी गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले महिला सशक्तीकरण तथा क्षमता विकास र प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बजेट तथा स्थानीय तह सञ्चालन ऐन, जनप्रतिनिधिको क्षेत्राधिकार तथा वडा र कार्यपालिका सदस्यको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिनुभएको थियो । 
 
तालीम समापन अवसरमा उपाध्यक्ष दवाडीले अधिकांश जनप्रतिनिधिलाई नयाँ संहिता र कानूनबारे जानकारी नहुँदा समस्या हुने गरेको बताउँदै कानूनी साक्षरताका लागि गाउँपालिकाले प्रशिक्षण अभियान नै थालेको बताउनुभयो । 
 
उहाँले जनप्रतिनिधिले संविधान, ऐन, कानून तथा कार्यविधिको राम्रोसँग अध्ययन गर्नुपर्ने र कानून निर्माणकर्तासमेत भएकाले बढीभन्दा बढी अध्ययनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 
 
चालू आर्थिक वर्षको महिला लक्षित स्वीकृत वार्षिक कार्यक्रमअनुसार क्षमता विकाससम्बन्धी तालीम प्रदान गरिएको बताउँदै गाउँपालिका महिला विकास निरीक्षक एवं तालीम संयोजक रीता थापाले यसबाट काम गर्ने क्रममा आइपर्ने समस्याको उचित कानूनी समाधानमा सघाउने विश्वास व्यक्त गर्नुभयो । 
रासस 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement