Advertisement
Advertisement
Advertisement
Advertisement

महिला तथा बालबालिका हराउने क्रम बढ्दै

  |      16:24:00   |  
वेब तस्विर
वेब तस्विर

 १२ फागुन गण्डकी प्रदेशअन्तर्गतको लमजुङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगार, घरझगडा, अन्तर जातीय प्रेम, गलत साथीको सङ्गतलगायत कारणले महिला तथा बालबालिका हराएको बताइन्छ 
यस चालू आवको करीब साढे सात महिनामा मात्रै ५९ जना हराएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस आवको साउनदेखि फागुन महिनाको ११ गते सम्ममा उक्त सङ्ख्यामा महिला तथा बालबालिका हराएको प्रहरीले जनाएको छ । यीमध्ये ४३ महिला, तीन बालक, ११ बालिका र तीनजना ज्येष्ठ नागरिक छन् । हराएकामध्ये २२ महिला, तीन बालक, १० बालिका र दुईजना ज्येष्ठ नागरिक फेला परेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लमजुङका प्रमुख नन्दुकुमारी अधिकारीले बताउनुभयो । उहाँका अनुसार अझै २० महिला, एक बालिका र एकजना ज्येष्ठ नागरिक भेटिएको छैनन्। हराएका महिला तथा बालबालिकाको खोजी भइरहेको उहाँको भनाइ थियो । 

त्यस्तै आव ०७५÷७६ मा १०५ महिला तथा बालबालिका हराएका छन् जसमा ७३ महिला, सात बालक र २५ बालिका छन् । सोमध्ये ५२ महिला, चार बालक र २० बालिका फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै आव ०७३÷७४ मा ८० महिला तथा बालबालिका रहेको थियो जसमा २३ महिला, १२ बालक र १८ बालिका छन् । सोमध्ये २३ महिला, १२ बालक र छ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा छ ।
हराएको जानकारी प्रहरीसामु आए पनि फर्किएको तथा फेला परेको जानकारी परिवारले प्रहरीलाई नदिँदा हराएको महिला तथा बालबालिका कम फेला परेको देखिएको सेवा केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement