Advertisement
Advertisement
Advertisement
Advertisement

महिलालाई स्यानिटरी प्याड, बालबालिकालाई दूध

  |      10:44:00   |  
महिलालाई स्यानिटरी प्याड, बालबालिकालाई दूध

जेठ २३,  लम्की । कैलालीको टीकापुर नगरपालिकाले क्वारेन्टिनमा बस्ने महिलालाई स्यानिटरी प्याड र बालबालिकालाई दूध उपलब्ध गराउने गरेको छ । नगरपालिकाले क्वारेन्टिनमा बसेका नागरिकले रकमको कारोवार गर्दा सङ्क्रमण बढ्ने भएकाले त्यस नहोस् भन्नका लागि उनीहरुलाई आवश्यक सबै व्यवस्था क्वारेन्टिनभित्रै मिलाएको जानकारी दिएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि भारत तथा अन्य जिल्लाबाट आएका नागरिकलाई क्वारेन्टिनमा १४ दिन राखेर जाँच गरी होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइन्छ । महिला हरेक महिना महिनावारी हुने भएकाले क्वारेन्टिन अवधिमा पनि हुनसक्छन् भन्दै टीकापुरका क्वारेन्टिनमा महिलाका लागि स्यानिटरी प्याडको व्यवस्था गरेको हो ।

टीकापुर नगरपालिकामा रहेका १७ क्वारेन्टिनमा अहिले एक हजार २०७ बसिरहेका छन् । तीमध्ये २२१ महिला छन् । क्वारेन्टिनमा बस्नेलाई आवश्यक सबै व्यवस्था नगरपालिकाले गरिहेको छ । महिला, पुरुषका लागि छुटाछुट्टै क्वारेन्टिन व्यवस्था नभए पनि क्वारेन्टिनमा बस्नेलाई आवश्यक कोलगेट, साबुनदेखि आवश्यक सामग्री नगरपालिकाले व्यवस्थापन गरेको जनाइएको छ ।

“महिलालाई क्वारेन्टिनमा बस्ने, खाने समस्याभन्दा मासिक चक्र अर्थात् महिनावारीका कारणले थप समस्या हुनसक्छ”, टीकापुर नगरपालिकाका सिनियर अनमी हेमा ज्ञवालीले भन्नुभयो, “महिलालाई महिनावारीको समयमा बढी सरसफाइ चाहिन्छ, त्यसैले विद्यालयमा महिलाका लागि सुविधा भएको शौचालय प्रयोग गर्ने व्यवस्था मिलाएका छौँ, उनीहरुलाई आवश्यक स्यानिटरी प्याड उपलब्ध गराइरहेका छौँ ।”

ज्ञवालीले क्वारेन्टिनमा केही सुत्केरी, गर्भवती तथा बालबालिका समेत रहेकाले उनीहरुलाई आवश्यक आइरन चक्की, नियमित दूध र फलफूलको व्यवस्थासमेत गरिएको जानकारी दिनुभयो । “हामी खाना शाकाहारी दिने गरिरहेका छौँ, महिला तथा बालबालिकालाई पोषिलो खानेकुरा आवश्यक हुने भएकाले खानासँगै अण्डा दिने गरेका छौँ”, अनमी ज्ञवालीले भन्नुभयो, “महिलाका समस्यामा हामी गम्भीर छौँ, तर क्वारेन्टिन भरिभराउ भएकाले समस्या हुन थालेको छ ।”

क्वारेन्टिनमा अहिले भारतबाट आउनेको सङ्ख्या धेरै छ । एकै परिवारका धेरै सदस्यसहित सयौँ नागरिक एकै ठाउँमा बस्नुपर्ने बाध्यता छ । महिलालाई प्राथमिकता दिँदै महिनावारीको समयमा आवश्यक स्यानिटरी प्याड सबै क्वारेन्टिनमा उपलब्ध गराइएको स्वास्थ्य प्रवद्र्धन शाखाका संयोजक बलबहादुर रावल बताउनुहुन्छ, “हामीले त महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने सोचेका थियौँ, तर भारतबाट आउने धेरै सपरिवार हुनुहुन्छ । उहाँहरुसँगै बस्न चाहने, नगरपालिकालाई पनि व्यवस्थापन गर्न कठिन भएकाले सँगै राख्नुपरेको छ ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement