Advertisement
Advertisement
Advertisement
Advertisement

महिलालाई घरमै सीमित राख्नुपर्ने धर्मगुरुको टिप्पणी, भारतमा विवाद

  |      10:50:00   |  
web image
web image

भदौ १५ , काठमाडौं । भारतको केरलाका इस्लामिक धर्मगुरु कान्तापुरम एपी अबुबकर मुसलियारले महिलालाई घरमै सीमित राख्नुपर्ने र सार्वजनिक कार्यक्रममा उनीहरूको उपस्थितिले ‘ठूलो विनाश’ निम्त्याउन सक्ने टिप्पणी गरेपछि विवाद चर्किएको छ।

कोच्चिमा आयोजित एक इस्लामिक सम्मेलनमा बोल्दै ९५ वर्षीय मुसलियारले इस्लामले महिलाका लागि पर्दा प्रणाली तोकेको र महिलाले सार्वजनिक क्षेत्रमा उपस्थित हुन नहुने बताएका हुन्।

उनको अभिव्यक्तिको भारतका विभिन्न राजनीतिक दल तथा नेताहरूले आलोचना गरेका छन्। भारतीय कम्युनिस्ट पार्टी ९मार्क्सवादी० नेतृ पीके श्रीमतीले टिप्पणीलाई अपमानजनक भन्दै तत्काल फिर्ता लिन माग गरेकी छन्।

सीपीआई९एम० नेतृ केके शैलजाले महिलालाई घरमै सीमित राख्ने धारणा ‘सामन्ती प्रथा’ भएको टिप्पणी गरेकी छन्।

त्यस्तै, केरलाका भाजपा प्रमुख राजीव चन्द्रशेखरले महिलालाई स्वतन्त्र रूपमा शिक्षा हासिल गर्ने, नेतृत्व गर्ने, सपना देख्ने र सार्वजनिक जीवनमा सहभागी हुने संवैधानिक अधिकार रहेको बताएका छन्। उनले महिलामाथि धर्मगुरुको आदेश थोपर्ने प्रयासको विरोध गरेका छन्।

मुसलियारले यसअघि पनि महिलासम्बन्धी विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्। सन् २०१५ मा उनले लैंगिक समानताबारे टिप्पणी गरेका थिए भने सन् २०१९ मा नागरिकता संशोधन कानुनविरुद्ध महिलाहरू सडकमा उत्रिएको विषयमा समेत आलोचना गरेका थिए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement