Advertisement
Advertisement
Advertisement
Advertisement

महिलापुरुष काम एकैः ज्याला चाहिँ भिन्दै

  |      10:35:00   |  
महिलापुरुष काम एकैः ज्याला चाहिँ भिन्दै

►शेरिफ केसी

वैशाख १७, जीतपुर । बन्दाबन्दीका समयमा पनि कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिका–८ मोर्मीकी शुभावती थारु घर निर्माणका काममा व्यस्त हुनुहुन्छ ।  काम नगरे छाक टार्न धौधौ पर्ने भएकाले उहाँ दैनिक पर्खाल लगाउने र प्लाष्टर गर्ने काम गर्नुहुन्छ । सोह्र वर्षदेखि सिमेन्ट, बालुवा, छड र गिट्टीसँगै खेल्ने थारुलाई बानी परेको छ । थारु अहिले निर्माण क्षेत्रमा घर बनाउने दक्ष मिस्त्री भइसक्नुभएको छ । 
पुरुष मिस्त्रीसरह काम गरे पनि ज्यालामा विभेद हुने गरेको थारुको गुनासो छ । “शुरुमा काम गर्दा पुरुष मिस्त्री मात्रै थिए । अहिले उनीहरुजत्तिकै काम गर्छु तर ज्याला कम पाउँछु,” थारु भन्नुहुन्छ, “पुरुष भएकै कारण सँगै काम गर्नेले रु ८ सयदेखि ८५० सम्म पाउँछन्, म रु पाँच सय मात्रै पाउँछु ।”
पटकपटक काम एउटै भएपछि ज्याला समान दिन माग गरेपनि सुनुवाइ नभएको थारुको गुनासो छ । घरमा श्रीमान्को मृत्युपछि आम्दानीको बाटो हराएकाले तीन छोरीको लालनपालन र शिक्षाका लागि घर निर्माणको काम गर्न थालेको उहाँको भनाइ छ । थारु भन्नुहुन्छ, “धेरै भनिरहँंदा कामबाटै हात धुनुपर्छ कि भन्ने डर लाग्छ,  अहिले त ठेकेदारले दिएको लिएर जानुबाहेक विकल्प छैन । ” दिनभरि कमाएको पैसाले घरखर्च चलाउनसमेत गाह्रो भएको थारु बताउनुहुन्छ । 
अन्य आम्दानीको स्रोत नहुँदा श्रीमान्को अभावमा उहाँलाई परिवार धान्न निकै समस्या छ । “घरमा छोरीहरु छन्, उनीहरुको पढाइ खर्च बढिरहेको छ, आफूले कमाएअनुसार ज्याला पनि पाइन्न”, थारु भन्नुहुन्छ, “कमाएको जति पैसा छोरीहरु पढाउन र घरखर्चमै सकिन्छ । ”
घर निर्माणकै क्षेत्रमा मजदूरी गर्दै आउनुभएका  गौरी चौधरीको पनि गुनासो उस्तै छ । दिनभरि पुरुषसरह खटेर काम गर्दा पनि चौधरीले कहिल्यै समान ज्याला पाउनुभएको छैन । एउटै श्रम गर्ने पुरुषले दैनिक ज्याला रु ५१० पाउँदा चौधरीको हातमा रु ४७०  मात्र पर्छ ।
सात वर्षदेखि निर्माण क्षेत्रमा मजदूरी गर्दै आउनुभएका चौधरी घरको तीनचार तला माथिसम्म सिमेन्ट बोक्ने र अन्य सामग्री पु¥याउनुहुन्छ । “दिनभरि ५० किलोका सिमेन्टका बोरा बोक्नुपर्छ तर दिनेबेलामा मलाई थोरै पैसा दिन्छन्, साह्रै चित्त दुख्छ”, उहाँ भन्नुहुन्छ, “ महिलालाई हेपेर त होला, होइन भने पैसा बुझ्ने बेला ४० रुपैयाँ कम दिन्छन् ।”
त्यस्तै समस्या वाणगङ्गाकी मजदूरी गर्ने विष्णु थारुले पनि वर्षौँदेखि भोगिरहनुभएको छ । पुरुषसरह काम गरे पनि ज्याला कहिल्यै समान नपाएको उहाँको गुनासो छ । “मेरो इमानदारीको फाइदा उठाएर ज्यालामा शोषण गर्छन्, यो मैले राम्रोसँंग बुझेकी छु तर कसलाई भन्ने, ठेकेदारलाई भन्यो भने कामबाटै निकालिदिने हो कि भन्ने डर लाग्छ ”, थारु गुनासो गर्नुहुन्छ । महिला भएकै कारण ज्यालामा विभेद हुँदा मजदूर संघसंगठनले पनि खासै आवाज उठाएको पाइँदैन । 
नेपाल ट्रेड युनियन महासंघ वाणगङ्गाका अध्यक्ष भोजराज थारुले विभेदविरुद्ध सबैले आवाज उठाउनुपर्ने प्रतिक्रिया दिनुभयो । “महिलाले धेरै काम गर्न सक्दैनन् भन्ने कमजोर मानसिकताले गर्दा विभेद भएको हो, अब त्यस्ता मजदूरहरु संगठित भएर आवाज उठाउनुपर्छ ।” यस्तो असमानता शहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा धेरै रहेको उहाँको भनाइ छ । 
वडा नं १ का वडाध्यक्ष बालकुमारी पन्त पनि विश्व श्रम सङ्गठन र नेपालको संविधानले श्रम विभेद नगरेको उल्लेख गर्दै  विभिन्न वडामा भएको यो समस्याबारे आफूले आवाज उठाउँदै आइरहेको जानकारी दिनुभयो । महिला अधिकारकर्मी इन्दिरा भट्टराईले पटकपटक आफूहरुले आवाज उठाइरहेको तर पीडित श्रमिक महिलाले सम्बन्धित निकायमा आफ्नो गुनासो नराखेकाले समस्या  जहाँको तहीँ रहेको हो भन्नुभयो । 
नगरपालिकाका उपप्रमुख चक्र अर्यालले यस्तो गुनासो नगरपालिकामा अझसम्म नआएको बताउँदै आगामी दिनमा समस्याबारे जानकारी आएमा आफूहरुले सम्बोधन गर्ने बताउनुभयो।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement