Advertisement
Advertisement
Advertisement
Advertisement

मधेसका विद्यार्थीलाई डिजिटल शिक्षा र व्यावहारिक सीपसँग जोड्दै ‘इन्स्पायर’ परियोजना

  |      13:52:00   |  
web image
web image

भदौ ७ , काठमाडौं । मधेस प्रदेशमा डिजिटल सिकाइ, व्यावहारिक सीप र समावेशी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित कोइकाको सहयोगमा रहेको ‘इन्स्पायर’ परियोजनाले एक वर्ष पूरा गरेको छ।
सेभ द चिल्ड्रेन नेपाल र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको साझेदारीमा सञ्चालित पाँचवर्षे परियोजनाको पहिलो वार्षिकोत्सव काठमाडौंमा ‘इन्स्पायर :वन इयर अफ लर्निङ, पार्टनरसिप एन्ड प्रोग्रेस’ कार्यक्रम आयोजना गरी मनाइएको हो।
परियोजना बाराका देवताल र करैयामाई गाउँपालिका तथा महागढीमाई नगरपालिका र महोत्तरीका औरही र लोहरपट्टी नगरपालिकामा सञ्चालन भइरहेको छ।
बारामा परियोजनाअन्तर्गत विद्यार्थीलाई प्रविधिसँग जोड्न माध्यमिक विद्यालयमा ‘टेक ल्याब’ र ‘मेकर स्पेस’ स्थापना गरिएको छ। ती प्रयोगशालामा विद्यार्थीले कृषि अनुगमनका लागि ड्रोन प्रयोग गर्न तथा थ्रीडी प्रिन्टरमार्फत विभिन्न नमुना तथा सामग्री तयार गर्न सिकिरहेका छन्।
बाराका सात माध्यमिक विद्यालयमा स्थापना गरिएका टेक ल्याब र मेकर स्पेसमा कम्प्युटर, स्मार्ट बोर्ड, विद्युत् ब्याकअप प्रणाली तथा विभिन्न विद्युतीय सामग्री उपलब्ध गराइएको छ। विद्यार्थीले ती सुविधामार्फत आफ्नै परियोजना डिजाइन, निर्माण, परीक्षण र विकास गर्न सक्नेछन्।
परियोजनाले शिक्षक तालिम, सिकाइमा पछाडि परेका विद्यार्थीका लागि सुधारात्मक कक्षा, घरमै सिकाइका लागि अभिभावक सहयोग, विद्यार्थी उपस्थितिको प्रणाली, छात्रवृत्ति तथा किशोरकिशोरी र युवाका लागि व्यावसायिक सीप विकासका अवसरसमेत समेटेको छ।
सेभ द चिल्ड्रेन नेपाल तथा भुटानकी कन्ट्री डाइरेक्टर तारा क्षेत्रीले परियोजनाले बालबालिका, शिक्षक, अभिभावक, समुदाय, स्थानीय तह र विकास साझेदारलाई एउटै प्रयासमा जोडेर शिक्षा सुधारको सम्भावना देखाएको बताइन्।
उनका अनुसार मेकर स्पेस प्रविधिले भरिएका कोठा मात्र नभई बालबालिकाले प्रयोग गर्ने, गल्तीबाट सिक्ने, समस्या समाधान गर्ने र व्यवहारिक अनुभवबाट ज्ञान हासिल गर्ने ठाउँ हुन्।
शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव शंकरप्रसाद अधिकारीले शिक्षा रूपान्तरणका लागि आधारभूत तहबाटै लगानी आवश्यक रहेको बताए। उनले तीनै तहका सरकार र शिक्षा क्षेत्रमा कार्यरत साझेदारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले सामुदायिक विद्यालयमा प्रविधि र व्यावहारिक सीपको पहुँच विस्तार हुँदा स्थानीय सरकारका लागि नयाँ आशासँगै जिम्मेवारी पनि थपिएको बताए।
कोइका नेपालका कन्ट्री डाइरेक्टर मुहोन कोङले ‘इन्स्पायर’ नेपालमा कोइकाको पहिलो रणनीतिक नागरिक
भदौ ७ , काठमाडौं । समाज साझेदारी परियोजना भएको बताए। उनका अनुसार परियोजनाले गुणस्तरीय शिक्षा, डिजिटल रूपान्तरण र युवाको रोजगारी तयारीलाई एकैसाथ अघि बढाइरहेको छ।
सेभ द चिल्ड्रेन कोरियाका बोर्ड अध्यक्ष जुन ओले विद्यालयबाट रोजगारीतर्फ जाने क्रममा आवश्यक पर्ने व्यावसायिक तथा डिजिटल सीपमा युवाको पहुँच बढाउन परियोजनाले सहयोग गरिरहेको बताए।
परियोजनाको आगामी चरणमा गरिबी, सिकाइ क्षति, अपर्याप्त विद्यालय पूर्वाधार, प्रविधिमा असमान पहुँच तथा जलवायुजन्य अवरोधका कारण शिक्षामा देखिएका चुनौती सम्बोधनमा जोड दिइनेछ। साथै, अनुभवमा आधारित सिकाइ, शिक्षक सहयोग, स्थानीय सरकारको स्वामित्व तथा शिक्षा, डिजिटल सीप र भविष्यका रोजगारीका अवसरबीचको सम्बन्धलाई थप बलियो बनाइने परियोजनाले जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement