Advertisement
Advertisement
Advertisement
Advertisement

मकवानपुरमा सुत्केरी पत्रकारलाई भत्ता वितरण

  |      18:02:00   |  
मकवानपुरमा सुत्केरी पत्रकारलाई भत्ता वितरण

पुस १३, मकवानपुर । प्रेस सेन्टर मकवानपुरले सुत्केरी पत्रकारलाई भत्ता वितरण गरेको छ । प्रेस सेन्टर मकवानपुरले जिल्लामा क्रियाशील पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्तासहित न्यानो कपडा उपलब्ध गराएको हो । पुस १० गते बसेको प्रेस सेन्टर मकवानपुरको बैठकले जिल्लामा क्रियाशील पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने निर्णय गरेको थियो । सोही अनुसार विस्टलाई भत्ता रकम प्रदान गरिएको सेन्टरकी अध्यक्ष अञ्जली थापाले बताइन् ।

महिला पत्रकारहरु सुत्केरी अवस्थामा केही समय काममा फर्कन नसक्ने हुँदा आर्थिक समस्या पर्ने भएकाले थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले भत्ता उपलब्ध गराएको थापाले बताइन् ।

संस्थागत रुपमै यो निर्णय कार्यान्वयन गर्दा मिडिया हाउसहरुलाई समेत महिला सञ्चारकर्मीप्रतिको उत्तरदायित्व पूरा गर्न दबाब सिर्जना हुने उनको भनाइ छ ।

यस्तै पत्रकार महासंघ मकवानपुरले पनि सुत्केरी विष्टलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराएको छ । महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले सुत्केरी पत्रकारलाई काममा फर्कने वातावारण निर्माणका लागि महासंघले केही नयाँ गर्ने बताए ।

उनले कार्यालयहरुमा आमा पत्रकारको लागि बेबी केयरसँगै स्तनपान कक्षको व्यवस्था गरिदिन पहल गर्ने पनि बताए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement