साउन ५, काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको भने चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको भाउ तोलामा ४०० रुपैयाँले उकालो लागेको हो। योसँग प्रतितोला फाइन गोल्ड ९३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।