Advertisement
Advertisement
Advertisement
Advertisement

भारतमा अब ३० अप्रीलसम्म लकडाउन, नेपालमा पनि बैशाख १८ सम्म रहनसक्ने

  |      00:00:00   |  
भारतमा अब ३० अप्रीलसम्म लकडाउन, नेपालमा पनि बैशाख १८ सम्म रहनसक्ने

चैत ३०,काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडियो कन्फरेन्सपछि भारतका चार राज्यले लकडाउनलाई बढाएर ३० अप्रीलसम्म पुर्याउने घोषणा गरेका छन् । 


प्रधानमन्त्रीसँगको छलफलपछि ती राज्यहरुले १४ अप्रीलसम्म कायम लकडाउनलाई बढाएर ३० अप्रीलसम्म पुर्याउनुलाई भारतीय मिडियाहरुले केन्द्र सरकारले समेत लकडाउनलाई लम्ब्याएर ३० अप्रीलसम्मै पुर्याउने संकेत भनी लेखेका छन् । 

पञ्जाब, ओडिसा, महाराष्ट तथा पश्चिम बंगाल राज्य सरकारले लकडाउनको अवधि बढाएर ३० अप्रीलसम्म कायम हुने घोषणा गरेका हुन् । 

प्रधानमन्त्रीसँग छलफललगत्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक ट्वीटमार्फत लकडाउन बढाउने निर्णय नै भएको दाबी गर्दै त्यसको स्वागत गरेका थिए । भारतमा कोरोना संक्रमण बढिरहेकोले अहिलेको अवस्थामा लकडाउनको अवधि बढाउनुबाहेकको अर्को विकल्प नभएको अरविन्द केजरीवालले बताएका थिए । 

प्रधानमन्त्री नरेन्द्र मोदीसँगको छलफलमा अधिकांश राज्यका मुख्यमन्त्रीहरुले लकडाउन बढाउन सुझाव दिएका थिए । 

त्यहाँको केन्द्र सरकारले पनि राज्य सरकारहरुको सुझावको आधारमा लकडाउनलाई अप्रीलसम्म जारी राख्ने निर्णय गर्ने तयारी गरिरहेको बताइएको छ । 


नरेन्द्र मोदीले १२ वा १३ अप्रील भारतबासीलाई सम्बोधन गर्दै लकडाउन लम्ब्याउने विशेष घोषणा गर्नसक्नेछन् । 

भारतमा कोरोना संक्रमितको संख्या ८ हजार पुग्न लागिसकेको छ । मृत्यु हुने संक्रमितको संख्या पनि २४९ पुगिसकेको छ । 

लकडाउनपछि नै भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका कारण तत्काल लकडाउन खोल्ने जोखिम भारत सरकारले नलिएको देखिएको छ । 

भारतसँग नेपालको खुल्ला सीमा छ । केही मुख्य नाकाहरुबाट आवतजावत बन्द गरिए पनि नेपाल भारत सीमामा धेरै ठूलो संख्यामा चोर बाटोहरु छन्, जहाँबाट भारतका नागरिक सजिलै नेपाल प्रवेश गर्न सक्छन् । यहीकारण समेत भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहँदा नेपालले पनि लकडाउनको अवधि बढाउनुको विकल्प देखिन्न । 

भारतले अप्रील ३० सम्म लकडाउन बढायो भने नेपालले समेत सो अवधिसम्म लकडाउन गर्नुपर्ने हुन्छ । यसको अर्थ नेपाल सरकारले अब कम्तीमा पनि लकडाउन २ हप्ता लम्ब्याउनेछ । जसको पूर्व संकेत प्रधानमन्त्री ओलीले दिइसकेका छन् । 

उनले शनिवार सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गर्दै लकडाउन बढ्ने प्रष्ट भनिसकेका छन् । मुख्यमन्त्रीहरुले पनि लकडाउनलाई अझै कडाई गर्दै लम्ब्याउनुको विकल्प नरहेको सुझाव दिइसकेका छन् । 

नेपालमा चैत ११ गतेदेखि जारी लकडाउन बैशाख ३ गतेसम्म रहने यसअघि निर्णय भइसकेको छ । बैशाख १ वा २ गते बस्ने मन्त्रीपरिषद बैठकले लकडाउन लम्ब्याउने विषयमा निर्णय गर्न सक्नेछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement