Advertisement
Advertisement
Advertisement
Advertisement

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण

  |      15:10:00   |  
Web Image
Web Image

फागुन, २७ काठमाडौ । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता  बनर्जीमाथि बुधबार आक्रमण भएको छ । पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणको क्रममा केही अज्ञात मानिसले उनलाई धक्का दिएको बताएका छन् । यसैबीच ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसले आफ्नो नेतामाथि भएको आक्रमणको विरोधमा आफ्नो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ ।

बुधबार भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । तृणमूल कांग्रेसले यो घटनामा विपक्षीको हात रहेको बताएको छ । भारतीय जनता पार्टीले भने यो आक्रमणलाई नौटंकीको संज्ञा दिँदै यसबारे अनुसन्धान हुनुपर्ने माग गरेको छ । मुख्यमन्त्रीको उपचारमा खटिएका डाक्टरले भने उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको बताएका छन् । उनका अनुसार उनको दायाँ काँध, पाखुरा र गर्धनमा पनि चोट लागेको छ । मुख्यमन्त्रीलाई २४ घण्टा ४८ घण्टासम्म चिकित्सकीय निगरानीमा राखिने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

विपक्षीहरुले भने उनलाई जेड प्लस सुरक्षा दिइएको र यो सुरक्षा तोडेर उनीमाथि कसैले आक्रमण गर्न नसक्ने भएकाले उनले मानिसहरुको सहानुभूति बटुल्न यो नौटंकी गरेको बताएका छन् । मुख्यमन्त्री बनर्जीले भने आफू कारमा यात्रा गरिरहेको समयमा सुरक्षाकर्मी आफ्नो साथमा नरहेको र सोही मौकामा आफूमाथि आक्रमण भएको बताएकी थिइन् ।

अनलाइनखबरबाट साभार


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement