Advertisement
Advertisement
Advertisement
Advertisement

भारतका महिला उद्यमी डिजिटल पहुँचको अभावका कारण पछाडि पर्दै

  |      10:38:00   |  
web image
web image
भदौ २३, काठमाडौं । भारतमा महिला उद्यमीले सञ्चालन गरेका साना व्यवसायको संख्या तीव्र रूपमा बढिरहेका बेला भारतीय प्रविधि संस्थान ९आईआईटी० खड्गपुरको एक अध्ययनले धेरै महिला उद्यमी डिजिटल पहुँच र सीपको अभावका कारण व्यवसाय विस्तारमा पछाडि परिरहेको देखाएको छ।
अध्ययनका अनुसार भारतमा महिलाको नेतृत्वमा सञ्चालित साना व्यवसाय गत एक वर्षमा झन्डै ७० प्रतिशतले वृद्धि भए पनि उनीहरूलाई आधुनिक प्रविधि प्रयोग गर्न सामाजिक, प्राविधिक र संस्थागत अवरोधले रोकिरहेको छ।
आईआईटी खड्गपुरका अनुसन्धानकर्ता रुचि सिंह र बिनिता तिवारीले उत्तर प्रदेशका दोस्रो र तेस्रो तहका सहरमा सूक्ष्म, साना तथा मझौला उद्यम सञ्चालन गरिरहेका ४८ जना महिला उद्यमीसँग अन्तर्वार्ता गरेका थिए। उनीहरूले कपडा उत्पादनदेखि दुग्ध व्यवसायसम्म सञ्चालन गरिरहेका छन्।
अध्ययनले महिलाहरूका लागि मोबाइल फोन खरिद गर्नु मात्रै डिजिटल प्रविधिमा जोडिन पर्याप्त नभएको देखाएको छ। डिजिटल सीपको कमीले प्रविधिप्रति डर उत्पन्न गर्ने र त्यसपछि परिवार तथा सरकारबाट पर्याप्त सहयोग नपाउँदा महिलाहरू डिजिटल माध्यम प्रयोग गर्नबाट अझ टाढिँदै जाने अवस्था देखिएको छ। अनुसन्धानकर्ताहरूले यसलाई ८८‘डिजिटल बहिष्करणको चक्र’८८का रूपमा व्याख्या गरेका छन्।
विशेषगरी ई–कमर्स, सामाजिक सञ्जालमार्फत बजार विस्तार र डिजिटल बैंकिङजस्ता उपकरण व्यवसायका लागि महत्वपूर्ण भए पनि धेरै महिला उद्यमीलाई यस्ता प्रविधि प्रयोग गर्न कठिन भइरहेको अध्ययनले उल्लेख गरेको छ। जटिल डिजिटल प्रणाली, अंग्रेजी भाषामा आधारित इन्टरफेस, डिजिटल साक्षरताको कमी र प्रविधिमा गल्ती हुने डर प्रमुख अवरोधका रूपमा देखिएका छन्
अध्ययनमा सहभागी एक महिला उद्यमीले आफ्नो बैंक खाता ह्याक भएपछि डिजिटल बैंकिङ प्रयोग गर्नै छाडेको उदाहरणसमेत अनुसन्धानमा उल्लेख गरिएको छ। यस्तो अनुभवले महिलाहरूमा प्रविधिप्रतिको आत्मविश्वास थप कमजोर बनाउने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।
अनुसन्धानकर्ताहरूले महिला उद्यमीलाई डिजिटल अर्थतन्त्रमा समान रूपमा सहभागी गराउन डिजिटल सीपसम्बन्धी तालिम, परिवार तथा सरकारी सहयोग, सहज प्रविधि र स्थानीय भाषामा डिजिटल सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याएका छन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement