Advertisement
Advertisement
Advertisement
Advertisement

भर्खरै जन्मेको बच्चालाई कसरी हेरचाह गर्ने

  |      17:31:00   |  
भर्खरै जन्मेको बच्चालाई कसरी हेरचाह गर्ने

माघ ४, काठमाडौं। सामान्यतयाः कुनैपनि बच्चा गर्भमा रहेदेखि ३७ हप्तामा जन्मेको बच्चालाईलाई राम्रो मानिन्छ । समय पुगेर जन्मेको बच्चालाई ‘टर्म’ अर्थात् समय पुुगेर जन्मेको बच्चा भनिन्छ । यस्तै कुनै बच्चाहरु समय नपुगीकन पनि जन्मिरहेका हुन्छन् । यस्तो बच्चालाई प्रिटम अर्थात् समय पुग्नुभन्दा पहिल्यै जन्मेको बच्चा भनिन्छ । नियो नेट ९नवजात० भन्नाले बच्चा जन्मेदेखि ३० दिनसम्मको बच्चालाई भनिँदै आएको छ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले गर्भ रहेको २७ हप्तादेखि पछि जन्मेका बच्चालाई  नियो नेटल इन्टेन्सिभ केयर युनिट ९एनआईसीयु० मार्फत उपचार गर्दै आएको छ। 

बच्चा जन्मने सामान्यतया समय भनेको बच्चा गर्भमा रहेको ३७ हप्ता भएपनि सोभन्दा ढिलो वा चाँडो जुनसुकै बेलापनि जन्मन सक्ने हुन्छ । नवजात शिशु ९भर्खरै जन्मेको बच्चा०लाई विभिन्न रोगहरु देखिने गरेको पाईन्छ । भर्खरै जन्मेका नियो नेट बच्चाको मुटु, फोक्सो, आन्द्रा, किड्नी, कलेजोलगायतमा समस्या देखिने गरेको पाईन्छ । सो बाहेक बच्चाहरुमा इन्फेक्सन समेत बढी मात्रामा हुने गरेको छ । अस्पतालमा जन्मेका बच्चालाई नियो नेटल इन्टेन्सिभ केयर युनिट ९एनआईसीयु० मार्फत उपचार गरिँदै आएपनि कहिलेकाँही बाहिर जन्मेका बच्चाहरु ईन्फेक्सनका कारणपनि अस्पतालमा आउने गरेका छन्  । नवजात बच्चाहरुमा निमोनिया, पिसाब, मेनेन्जाइटिस ९दिमागको इन्फेक्सन० लगायतको समस्यापनि उत्तिकै मात्रामा देखिने गरेको छ । यस्तै, जन्मिनेवित्तिकै जन्डिसका विरामीपनि धेरै मात्रामा अस्पताल आउने गरेको पाईन्छ । उक्त समस्या देखिएका विरामीलाई ग्राण्डी अस्पतालले सुविधासम्पन्न उपकरणबाट उपचार गर्दैै आएको छ । 
भर्खरै जन्मेका बच्चालाई न्यानो बनाउने साथै आद्रतालाई समेत सन्तुलनमा राखेर उपचार गरिन्छ । उक्त उपकरणलाई ९इन्कोभेटर० समेत भन्ने गरिन्छ । महिना र तौल कम भएको बच्चालाई उक्त उपकरणमा राखेर उपचार गरिँदै आएको छ । यसका अलावा रेडियन्ट वार्मर ९बच्चालाई न्यानो बनाएर राख्ने मेसिन० मा समेत राखेर उपचार गरिँदै आएका छौँ । जन्डिस भएका बच्चालाई फोटो थेरापी मेसिनमा राखेर उपचार गर्दै आएका छौँ । त्योबाहेक भेन्टिलेटर, सि प्याप, हाइफ्लो नेजल क्यानोलाबाट उपचार गरिन्छ । श्वासप्रश्वासमा गारो भएका बच्चालाई समेत उपचार गछौँ । 
ग्राण्डीमा इन्फेक्सन, जन्डिसलगायतका बच्चाको डिस्चार्ज गरेर जाने रेट ९० प्रतिशतभन्दा बढी रहेको छ । यसबाहेक अस्पतालले गर्भसंस्कार कक्षासमेत सञ्चालन गर्दै आएको छ । गर्भसंस्कार कक्षामा अस्पतालका डाक्टर तथा नर्सले गर्भवती महिलालाई स्तनपानको बारेमा सिकाउने, बच्चा जन्मेदेखि आधा घण्टादेखि कुन समयमा कसरी दुध खुवाउने बारेमा सिकाउने गर्नुहुन्छ । अप्रेसन गरेर बच्चा जन्माउनुभन्दा नर्मल डेलिभरी गरेका बच्चाका आमाहरु चाँडो निको हुने र स्वस्थ्य हुने भएकाले नर्मल डेलिभरीका लागि अस्पतालले जोड दिँदै आएको छ । बच्चा जन्माएर घर जाने बच्चाका आमा तथा उनका परिवारलाई स्तनपानको बारेमा जानकारी गराएर पठाउने गरेका छौँ । 
रुघाखोकी, निमोनिया र झाडापखाला भएका बालबालिकाहरु बढी मात्रामा अस्पतालमा आउने गरेका छन् । कुनैपनि बच्चा विरामी भएपछि सुरुमा मेडिकल लैजाने गरिन्छ । मेडिकलले तत्काल बच्चालाई ठिक पार्नका लागि जथाभावी रुपमा एन्टोबायोटिक औषधी दिने गर्दछ । यसरी सुरुमै एन्टोबायोटिक औषधी प्रयोग गर्दा बालबालिकालाई समस्या हुने गरेको छ । धेरैजसो  बालबालिकामा हुने रोग भाइरल भएकाले केही समयमा आँफै निको हुने हुन्छ । मेडिकलले जथाभावी रुपमा एन्टोबायोटिक चलाएर ठिक नभएपछि अस्पतालमा आउँदा एन्टोबायोटिक पुनः चलाउने कि बन्द गर्ने भन्ने दोधारमा डाक्टरहरु परेका हुन्छन् । त्यसैले बालबालिकामा एन्टोबायोटिक चलाउँदा ख्याल गर्नुपर्ने हुन्छ । 
(डा। रमिता श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीकी बालरोग विशेषज्ञ हुनुहुन्छ । )


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement