Advertisement
Advertisement
Advertisement
Advertisement

बैशाख ३ गतेसम्म लकडाउन जारी राख्ने सरकारको निर्णय

  |      16:19:00   |  
बैशाख ३ गतेसम्म लकडाउन जारी राख्ने सरकारको निर्णय

चैत २४, काठमाण्डौ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी गरेको लकडाउनलाई ७ दिन लम्ब्याएर बैशाख ३ गतेसम्म पुर्याउने भएको छ । 


केहीबेरअघि सम्पन्न मन्त्रीपरिषद बैठकले २ सातादेखि जारी लकडाउनलाई पुनः एकसाता बढाएर बैशाख ३ गतेसम्म कायम गराउने निर्णय गरेको हो । 

एक मन्त्रीका अनुसार सीमा बन्द समेत सोही अवधिसम्म कायम रहनेछ । 


सरकारले यसअघि कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि भन्दै चैत ११ गते पहिलोपटक लकडाउनको घोषणा गरेको थियो ।

पहिलो चरणमा चैत १८ गतेसम्म घोषित लकडाउन देशमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जोखिम रहेको भन्दै पुनः ८ दिन बढाएर चैत २५ गतेसम्म कायम गरिएको थियो । 

यो अवधिमा सुदुरपश्चिमका जिल्लामा एकैदिन ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि र बाहिरबाट आएका व्यक्तिले आफन्तलाई समेत संक्रमण सारेको पहिलो घटना बाहिर भएसँगै जोखिम अझै बढेको निश्कर्ष निकाल्दै आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको अवधि कम्तीमा ७ दिन लम्ब्याउनुपर्ने निश्कर्ष निकाल्दै सोहीअनुसार सरकारलाई सुझाव दिएको थियो । 


उच्चस्तरीय समितिको सुझाव अनुसार नै लकडाउन लम्ब्याउने निर्णय भएको बताइएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement