साउन ८,काठमाडौं । बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए ।
४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी मृतक अञ्जुका सासुआमा घाइते छन् । सोही घरमा ६० वर्षीय जस्मा बोहरा पनि पाहुना बस्न आएकी छिमेकीघाइते भएकी छन् ।
स्थानीयका अनुसार घरमा पूर्ण क्षति पुगेको छ ।
वडा सदस्य कृष्ण बोहराले करिब एक दर्जन चौपाया समेत मरेका बताए ।