Advertisement
Advertisement
Advertisement
Advertisement

बेसारका अनगिन्ती फाइदा

  |      11:25:00   |  
Symbolic Image
Symbolic Image

२८ फागुन। शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार। यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ। त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ।

पश्चिमी मुलुकमा बेसारको प्रयोग कम हुँदा रोगहरुसँग लड्न आवश्यक पर्ने अन्टिबायोटिकका लागि बेसार मिश्रित औषधि महँगो मूल्य तिरेर खाइन्छ। तर नेपालमा भने सजिलै खेती हुने र सस्तोमा पाइने हुँदा पनि बेसारको महत्व बुझ्न सकिएको छैन।

भनिन्छ, बेसारले मानव शरीरमा लाग्ने ६ सयभन्दा बढी रोगको निदान गरेको हुन्छ।  वनस्पती वैज्ञानिकहरुका अनुसार बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीय काम गरेको हुन्छ। बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै  अन्य इन्फेक्सनबाट पनि बचाउँछ।

विभिन्न संक्रमणबाट बँच्न सकिने हुँदा विशेषज्ञहरु नियमित बेसार सेवन गर्ने सल्लाह दिन्छन्। एक अध्ययनले प्रमाणित गरेअनुसार टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई बेसारमा पाइने सर्कुमिन नामक मुख्य तत्वले रोक्छ। मध्यपूर्व र दक्षिणपूर्वी एसियामा हजारौं वर्षदेखि प्रयोगमा आएको बेसार विभिन्न रोग तथा चोटपटकको उपचारमा समेत उपयोगी मानिन्छ। आयुर्वेदमा त यसलाई सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ।

बेसरलाई नेचुलर पेन किलरले पनि चिनिन्छ किनकि यसले शरीरमा हुने कुनै पनि दुखाइलाई प्राकृतिक रुपमा निदान गर्छ। बेसार नियमित रुपमा भन्सामा प्रयोग हुन्छ तर धेरैले यसका मह्त्वपूर्ण औषधीय गुण बुझ्न सकेका छैनन्। बेसार सेवनबाट पाइने अनगिन्ती फाइदामध्ये केहीको यहाँ चर्चा गरिएको छ।

–लामो समयदेखि ग्यस्ट्रिकको शिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रुपमा फाइदा पुर्‍याउँछ।

– बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पुर्‍याएको हुन्छ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो।  

– बेसारले मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।

 –विभिन्न मेटलबाट शरीरमा फैलिने विषादिबाट बेसारले जोगाउने काम गर्छ। शरीरमा लागेको चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ।

– पेटसम्बधी यावत रोगको निदान गर्न बेसारले मद्दत पु¥याउँछ। हड्डीमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ।

– मांसपेशीमा हुने विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ। रक्तअल्पतालाई पनि बेसारले फाइदा पुर्‍याउँछ।

– बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ। बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्छ।

– कुनै अप्रिय घटनाको झट्काबाट बाहिर निस्कन विशेष मद्दत पु¥याउँछ। बेसारको प्रयोगले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ।

– दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीका बेला हुने पेटको दुखाइसम्मको समस्या हल हुन्छ।

– बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दूध र बेसार पिउँदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ।

– यदि अनिद्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ।

– बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ। कम फ्याट भएको दूधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहनुका साथै  कलेजोको विषाक्त पदार्थ हटाउन मद्दत पुर्‍याउँछ।

– धेरै पटक पिसाब गरिरहनुपर्ने, पानी तिर्खा बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा बिहान–बेलुका १÷१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा पुर्‍याउँछ।

– १ चिम्टी खाने खयर र १ चिम्टी बेसार तातोपानीसँग बिहान–बेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकी ठिक हुन्छ।

–ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा रुघा पाक्छ र चाँडै आराम हुन्छ। साथै २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि दिनको २ पटक कुल्ला गरेमा ठिक हुन्छ।

–डाइबिटिज, रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग निकै उपयोगी मानिन्छ।

– दिसा–पिसाबमा हुने सन्क्रमण घटाउन पनि बेसार उत्तम हुनुका साथै मिर्गौलासम्बन्धी रोगीलाई पनि फाइदाजनक मानिएको छ।

– छालाको लागि त बेसार अमृत नै मानिन्छ। सौन्दर्यका समान उत्पादन गर्दा पनि बेसार पर्याप्त प्रयोग गरिन्छ।

– नियमित बेसार सेवन गर्नाले बुढोपन देखिँदैन। साथै विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ।

– हिन्दु धर्ममा बेसारको प्रयोगलाई पवित्र मानिन्छ।जनै पूर्णीमामा होस् वा अन्य कुनै पूजामा हातमा बाँध्ने डोरोमा बेसारको प्रयोग गरिएको हुन्छ। यसले नकारात्मक शक्ति र विचारबाट बचाउँछ।

–बेसारलाई शुभ सन्देश पनि मानिन्छ। विवाहको निमन्त्रणा कार्डमा बेसार लगाउनाले सम्बन्धमा थप प्रगाढता ल्याउने विश्वास गरिन्छ। साथै विवाहमा दुलाहा तथा दुलाहीलाई बेसार लगाइन्छ। जसले  छालामा चमक ल्याउँछ र नकारात्मक शक्ति र अरूको नजर नलाग्ने विश्वास गरिन्छ।
–सौन्दर्यमा निखार ल्याउन नुहाउनुभन्दा अघि शरीरमा बेसार लगाइन्छ। यसले शरीरको मांसपेशी बलियो हुने बताइन्छ।

औषधिको रुपमा आयुर्वेदमा बेसारको धेरै स्थानमा प्रयोग गरिन्छ र कतिपय जडिबुटीमा बेसार मिसाएर औषधि बनाइन्छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement