Advertisement
Advertisement
Advertisement
Advertisement

बिहेवारी, बीस वर्षपारि’ लाई व्यावहारिकतामा ढाल्दै

  |      16:50:00   |  
Symbolic Image
Symbolic Image
►सुशीला रेग्मी
चैत ४, रामपुुर । बालविवाह न्यूनीकरणको उद्देश्यका साथ नेपालमा ‘बिहेवारी, बीस वर्षपारि’ भन्ने भनाइ सुन्न थालिएको वर्षौं भइसके पनि उमेर नपुग्दै विवाह गर्ने क्रम भने रोकिएको छैन । परिपक्व नभई हुने विवाहसँगै त्यसले निम्त्याएका शारीरिक जोखिम त छँदै छन् यसले सामाजिकरूपमा पनि असर पारिरहेको छ । यिनै वास्तविकतालाई दृष्टिगत गरी बालविवाह न्यूनीकरणका लागि पाल्पाको रामपुरमा सचेतना अभियान थालिएको छ ।
  
रामपुर नगरपालिका–६ को कार्यालयले ‘बिहेवारी, बीस वर्षपारि’ भन्ने भनाइबारे सचेत गराउँदै विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रम गर्न थालेको हो । वडा कार्यालयले विद्यालयमा पुगेर बालबालिकालाई बालविवाहबारे सचेत गराउँदै विभिन्न कार्यक्रम गर्ने गरेको छ ।
 
यहाँका दरैठाँटी माविमा यस वर्ष एक जना विद्यार्थीको विद्यालय उमेरमा नै विवाह भयो । त्यस्तै नवदुर्गा माविमा उमेर नपुग्दै गत वर्ष दुईले विवाह गरेर घरजम गरेका छन् । यो अवस्था देखेर वडा कार्यालयले उमेर नपुग्दै विवाह हुने दरलाई कम गर्न बालविवाह सचेतना अभियान चलाएको हो ।
  
‘म र मेरो समाजको भूमिका, बालविवाह’ जस्ता शीर्षकमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरी बालविवाह न्यूनीकरणको अभ्यासमा लागेको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो । “बालविवाह न्यूनीकरण गरी शून्यमा पु¥याउन हामीले पहिला विद्यालयबाट अभियान शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “निबन्ध लेख्न लगाउने र पुरस्कृत गर्ने, सचेतनामूलक कार्यक्रम गर्ने गरेका छौँ ।”
 
विद्यालयबाट शुरु भएको कार्यक्रम अभिभावक हुँदै सरोकारपक्षसम्म निरन्तर सञ्चालन गर्ने जानकारी दिँदै उहाँले वडामा बालविवाहको दर शून्यमा पु¥याउने लक्ष्यका साथ लागेको बताउनुभयो । बालविवाह न्यूनीकरणसम्बन्धमा वडाले विद्यालयमा आएर गरेको कार्यक्रमले राम्रो प्रभाव पारेको दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले बताउनुभयो ।
   
“बालविवाह न्यूनीकरण गर्न वडाले विद्यालयमै कार्यक्रम गर्न आएपछि विद्यार्थी सचेत बनेका छन्, विद्यार्थीको सहभागिता राम्रो रहेको हुँदा यो कार्यक्रम एउटा वडामा मात्र नभई नगरका सबै वडाले गर्नुपर्छ”,  प्रधानाध्यापक देवकोटाले भन्नुभयो ।
 
प्रत्येक वडा कार्यालयले वडाभित्रका विद्यालयमा गएर बेलाबेलामा बालविवाह न्यूनीकरणका सन्दर्भमा विभिन्न कार्यक्रम गरेको खण्डमा शून्यमा नै पु¥याउन सजिलो हुने उहाँको भनाइ छ । सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा सङ्गीता बस्यालले निबन्ध लेखनलगायतका विभिन्न बालविवाह न्यूनीकरणसम्बन्धी कार्यक्रम हुन थालेपछि विद्यार्थीमा उमेर नपुग्दै विवाह गर्नु हुँदैन भन्नेमा सबै सचेत रहन थालेको बताउनुहुन्छ ।
  
यस्ता सचेतनामूलक कार्यक्रम बेलाबेलामा सञ्चालन गरी विद्यार्थीलाई नै सचेत गराइयो भने बालविवाह कम हुँदै जाने अर्का छात्रा सुप्रिया गैरेले बताउनुभयो । वडाले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा सहभागी विद्यार्थीलाई प्रतिविद्यार्थी रु एक हजार ५०० का दरले स्वास्थ्य प्रवद्र्धन पौष्टिक सामग्री पुरस्कारका रूपमा दिइने गरेको छ ।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement