Advertisement
Advertisement
Advertisement
Advertisement

बाल विवाह न्यूनीकरण गर्न प्रतिबद्ध

  |      15:02:00   |  
Symbolic Image
Symbolic Image

माघ ८, तुलसीपुर ।  दाङको शान्तिनगर र दंगीशरण गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्षले प्रतिबद्धता जनाएका छन् । यी गाउँपालिकामा बाल विवाह गर्नेको सङ्ख्या कम हुन नसकेको भन्दै स्थानीय तहका प्रमुख तथा सरोकार पक्ष निकायले प्रतिबद्धता जनाएका हुन् । “गाउँपालिकाले यसअघि पनि बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ”, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले भन्नुभयो, “तर पनि अझै न्यूनीकरण हुन सकेको छैन, आगामी दिनमा यस्ता कार्यक्रमलाई थप निरन्तरता दिनेछौँ ।” 

बाल विवाहले प्रजनन् स्वास्थ्यमा पनि निकै ठूलो असर पर्ने भन्दै यसको न्यूनीकरण अपरिहार्य रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार अहिले बाल विवाहले पार्ने प्रभावका विषयलाई समेटेर विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम भइरहेको बताउनुभयो । उहाँले मन्दिरका पुजारीहरुलाई बाल विवाह गर्न आएमा त्यो विवाह नगरिदिन पनि अनुरोध गरेको र अबको केही समयमा थारु समुदायका अगुवा ९गुरुवा० हरुसँग पनि समन्वय गर्ने बताउनुभयो । 

त्यस्तै दंगीशरण गाउँपालिकाले पनि बाल विवाह न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताउनुभयो । “हामी बाल विवाह न्यूनीकरण गर्ने अभियानमा लागिरहेका छौँ”, उहाँले भन्नुभयो । बाल विवाह न्यूनीकरण गर्न सामाजिकरूपमा निकै चुनौती भए पनि त्यसलाई जसरी पनि पार गर्नुपर्ने उहाँले बताउनुभयो । अहिले बाल विवाहले सामाजिकरूपमा मात्रै नभई स्वास्थ्यका हिसाबले पनि निकै असर गरिरहेको उहाँको भनाइ थियो । 

अहिले बाल विवाह हुने गरेको भए पनि लिखित निवेदन नआउँदा  बाल विवाह न्यूनीकरणमा चुनौती देखिएको इलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख जीवनविक्रम शाहले बताउनुभयो ।  “हामीले जाहेरी आएपछि बाल विवाह रोक्ने प्रयास गरिरहेका हुन्छौँ”, उहाँले भन्नुभयो, “तर जाहेरी नै नआउँदा पनि बाल विवाहले प्रश्रय पाइरहेको हुन्छ ।” 

बाल विवाहले घरेलु हिंसा र सम्बन्ध विच्छेदका घटना भइरहेकाले गाउँगाउँमा सचेतना प्रदान गर्दै आएको इलाका प्रहरी कार्यालय खिलतपुरका निमित्त प्रमुख देवराज ओलीले बताउनुभयो । 

यसैक्रममा समाजमा वातावरणीय शिक्षाको विकास ९सीड० र जिरी नेपालको सहकार्यमा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्ष निकायलाई ज्ञापनपत्र बुझाइएको छ । दाङको दंगीशरण र शान्तिनगरमा बाल विवाह बढिरहेको भन्दै यसलाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, इलाका प्रहरी कार्यालय हेकुली र इलाका प्रहरी कार्यालय खिलतपुरलाई ज्ञापनपत्र बुझाइएको सीडका कार्यक्रम संयोजक माधवराज चौधरीले बताउनुभयो । “यी दुई गाउँपालिकामा अझै पनि बाल विवाह हुने गरेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले न्यूनीकरण गर्न ध्यानाकर्षण गराएका हौँ ।” 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement