Advertisement
Advertisement
Advertisement
Advertisement

बालिका हिंसामा कडा न्याय माग्दै गच्छदार

  |      14:18:00   |  
web image
web image

भदौ ९ , काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रमिला गच्छदारले बालिका बलात्कार तथा हत्याका घटनामा सरकारले पीडित परिवारसँग गर्ने सहमति र क्षतिपूर्तिको शैलीप्रति तीव्र असन्तुष्टि जनाएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गच्छदारले अपराधीमा कानुनको डर कमजोर भएकै कारण बालिका बलात्कार र हत्याजस्ता जघन्य अपराध बढिरहेको बताइन्।
बारा जितपुर–सिमराकी तीन वर्षीया गरिमा चौधरी र दुई वर्षीया खुशी खातुनको बलात्कारपछि हत्या भएको घटनालाई उल्लेख गर्दै उनले अबोध बालिकाको जीवनलाई केही लाख रुपैयाँको क्षतिपूर्तिसँग तुलना गर्न नमिल्ने बताइन्। उनले सरकारलाई प्रश्न गरिन्, ‘हाम्रा छोरीहरू कहिलेसम्म असुरक्षित रहनुपर्ने रु’
घटना भएपछि सडकमा विरोध प्रदर्शन हुने र त्यसपछि सरकारले पीडित परिवारलाई काठमाडौं बोलाएर विभिन्न बुँदे सहमति गरी विषयलाई सामसुम पार्ने प्रवृत्ति देखिएको उनको आरोप छ। गरिमा हत्या प्रकरणमा न्याय सङ्कल्प समिति गठन गर्ने सहमति भएको प्रसंग उल्लेख गर्दै उनले सालिक निर्माणले बालिकाको जीवन फिर्ता नआउने बताइन्।
सांसद गच्छदारले बलात्कारपछि हत्या प्रमाणित भएमा जन्मकैदको सजायलाई वास्तविक रूपमा जीवनभर जेल बस्नुपर्ने व्यवस्थाका रूपमा कडाइका साथ लागू गर्न माग गरिन्।
त्यस्तै, बलात्कारको घटनामा मिलापत्र गराउन भूमिका खेल्ने व्यक्तिलाई समेत कडा सजाय दिनुपर्ने, यौन हिंसासम्बन्धी मुद्दामा न्याय पाउन बाधक रहेको कानुनी हदम्याद हटाउनुपर्ने र बालिका यौन हिंसा तथा हत्याका मुद्दा हेर्न विशेष अदालत गठन गरी तीनदेखि छ महिनाभित्र अन्तिम फैसला गर्ने कानुनी व्यवस्था गर्नुपर्ने उनको माग छ।
उनले बालिका सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने र क्षतिपूर्तिभन्दा दोषीलाई कानुनी कारबाही तथा पीडितलाई प्रभावकारी न्याय दिलाउने व्यवस्थालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement