असार १४, भक्तपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका-४ घर भएका ३२ वर्षीय बसन्त दमाई रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
- रासस