Advertisement
Advertisement
Advertisement
Advertisement

बालविवाह नियन्त्रण चुनौतीपूर्ण

  |      12:48:00   |  
बालविवाह नियन्त्रण चुनौतीपूर्ण
वैशाख  ३०, नेपालगञ्ज । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’  नारा समुदायस्तरमा व्यावहारिक परिपालना  गराउन सरोकार निकायमा चुनौती देखिएको छ । जिल्लाका सचेत युवकयुवती, किशोरकिशोरी र बालबालिका संस्थागतरुपमा जनेतनामूलक कार्यक्रममा लागिपरे पनि विशेष गरी मुसलमान तथा मधेशी समुदायमा बालविवाह रोक्न सकिएको छैन । 
  जिल्लामा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्यांक नभए पनि बालविवाह बढ्दै गएको बालअधिकारकर्मी साहिल अन्सारीको बताउनुहुन्छ ।  गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा लिखित र मौखिक गरी ५० भन्दा बढी उजूरी परे पनि दोषीमाथि कानूनी कारवाही भएको छैन । “उजुरीको संख्या कम देखिएको मात्र हो, मुस्लिम र मधेशी समुदायमा बालविवाह निर्बाध हुने गरेको छ”, अधिकारकर्मी कमला पन्तले भन्नुभयो । 
प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले दुई परिवारको सहमतिमा हुने बालबिवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनुपर्ने खाँचो रहेको बताउनुभयो । नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन बर्ष कैद र रु ३० हजारसम्म जरिवानाको व्यवस्था गरे पनि बालविवाह रोकथामका लागि बनाइएका कानून प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । यसबाट बालविवाहका घट्ना बढ्दै गएका छन् ।  बालविवाह रोकथामका लागि स्थानीय सरकार र संघसंस्थाले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता विश्वजित तिवारीको सुझाव छ । 
बाँके मधेसी र मुसलमान समुदायको बाहुल्य भएको जिल्ला हो । विशेष गरेर यस समुदायमा २० वर्ष नपुग्दै विवाह गर्ने प्रचलन छ तर कानुनले २० वर्षपछि मात्र  विवाह गर्न पाउने व्यवस्था गरेको छ । केीि महिनाअघि यहाँ  छोरीको विवाह १६ वर्षमै गर्न पाऔँ भनेर माग गरिएको थियो । यो मागलाई समाजका अगुवाले गैरकानूनी भनेर टिप्पणी गरेका छन् भने समुदायको बहुमत पनि यसको पक्षमा देखिँदैन ।  
 
पाँच वर्षअघि सञ्चालित बालमैत्री स्थानीय शासन अभियानमा बालविवाहसम्बन्धी सूचक समावेश गरिए पनि कार्यान्वयन पक्ष भने प्रभावकारी हुन सकेको छैन । अभियानअन्तर्गतका कार्यक्रमले गति लिन नसकेपछि बालविवाह रोकथासम्बन्धी मुद्दा क्रमशः ओझेलमा पर्दै गएकामा सरोकार पक्षले चिन्तासमेत व्यक्त गरेका छन् । 
 
कूल २३ वडा रहेको नेपालगञ्ज उपनगरपालिकालाई पाँच वर्षअघि सन् २०१७ सम्म बालमैत्री नगर घोषणा गर्न बालविवाह रोकथामसहित ४० सूचक तयार गरी कार्यक्रम सञ्चालनमा ल्याइएको थियो । सम्बद्ध निकायबीच अभियानको कार्यक्रममा समन्वय नहुँदा निर्धारित समयमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुन सकेन । कार्यक्रम सञ्चालनमै रहे पनि समयावधि भने नतोकिएको उपमहानगरपालिका सामाजिक विकास केन्द्रका प्रमुख कृष्णप्रसाद जोशीले बताउनुभयो । 
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement