Advertisement
Advertisement
Advertisement
Advertisement

बालविवाहका घटनामा आएन कमी

  |      00:00:00   |  
web image
web image

साउन १, मकवानपुर । कोभिड–१९ को असहज परिस्थितिका कारण नेपालमा भएको बन्दाबन्दी होस् या निषेधाज्ञा सो समयावधिमा समेत बालविवाहका घटनामा खासै कमी नआएको तथ्याङ्कले देखाएको छ । वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक वर्ष अवधिमा बालविवाहको सङ्ख्यामा खासै कमी नआएको पाइएको हो । यता कम उमेरमा आमा भएका तथ्याङ्कले पनि बालविवाहका घटनामा उल्लेखनीय सुधार नआएको सङ्केत गरिरहेको पाइन्छ ।

मन्त्रालयका अनुसार वाग्मती प्रदेशका विभिन्न जिल्लामध्ये सबैभन्दा बढी बालविवाह हुनेमा मकवानपुर जिल्ला पाँचौँ स्थानमा रहेको छ । सबैभन्दा बढी धादिङमा ६२.९ प्रतिशत, नुवाकोटमा ६२.५ प्रतिशत, सिन्धुलीमा ६२.५ प्रतिशत, सिन्धुपाल्चोकमा ६०.९२ प्रतिशत र मकवानपुरमा ५९.७ प्रतिशत बालविवाह भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । वाग्मती प्रदेशकै काठमाडौँमा भने सबैभन्दा कम ३९.११ प्रतिशत बालविवाह भएको उल्लेख छ । बालविवाह मात्र होइन, किशोरी अवस्थामै आमा बन्नेको सङ्ख्या पनि उत्तिकै छ ।

बीस वर्ष नपुग्दै विवाह गर्न नपाइने कानूनी व्यवस्था भए पनि पछिल्लो कोरोनाको असहज स्थितिमा समेत बालविवाह घटनामा खासै कमी आउन सकेको छैन । सबै क्षेत्रमा प्रभावकारीरूपमा जनचेतना पुग्न नसक्दा अपेक्षाअनुसार बालविवाहका घटनामा कमी आउन नसकेको सरोकारवालाको निष्कर्ष छ ।

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका अभिभावक समूहका अध्यक्ष हरिबहादुर प्रजा बन्दाबन्दीको समयमा बालबालिकाको अध्ययनभन्दा अन्यत्र ध्यान केन्द्रित हुने र सो अवधिमा बालविवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम हुन नसक्दा बालविवाहका लागि बल पुगेको बताउँछन् । मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा १ मा २० वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन नहुने व्यवस्था छ । ऐनको उपदफा २ मा २० वर्षभन्दा कम उमेरमा हुने विवाह स्वतः बदर हुने उल्लेख छ ।

उपदफा ३ मा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने, गराउने व्यक्तिलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना हुने व्यवस्था गरेको छ । सरकारले सन् २०३० सम्ममा मुलुकबाट बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ । वाग्मती प्रदेश सरकारले पनि प्रदेशबाट बालविवाह अन्त्य गर्ने नीति तथा कार्यक्रम पारित गरिसकेको अवस्था देखिन्छ । 

मकवानपुरमा बालबाविवाह रोक्नका लागि कार्यक्रम सञ्चालन गरिरहनुभएकी अस्मिता नेपालका अध्यक्ष आरती पाठकले बालविवाह रोक्नका लागि स्थानीय सरकारले बालविवाह रोकथामका लागि बनेका ऐन कानूनको विषयमा वडा–वडामा सुसूचित गराउनुपर्नेमा जोड दिए । 

उनका अनुसार बालबालिकालाई विद्यालयस्तरमा विषयगतरूपमा नै यसका बारेमा पढाइ हुनुपर्ने छ । एसइईपछि पनि उच्च शिक्षा साथै रोजगार वा स्वरोजगारको व्यवस्था गर्न सक्नुपर्ने अध्यक्ष पाठकको भनाइ छ । बालबालिका आफैँमा बालविवाह गलत हो भन्ने चेतना वृद्धि गर्नका लागि बाल क्लब, किशोरी समूहलगायतलाई सक्रिय बनाउँदै यस्ता गतिविधि भएका कार्यक्रम सञ्चालन गर्नुपर्ने अध्यक्ष पाठकको निष्कर्ष छ ।

मकवानपुरमा सबैभन्दा बढी बालविवाह हुने क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिका हुन् । मकवानपुरका बकैया, मकवानपुरगढी, कैलाश गाउँपालिका र हेटौँडा उपमहानगरपलिकामा बालविवाह निरुत्साहित गर्न विभिन्न सङ्घसंस्थाको पहलमा अभियान चलाउँदै आइएको छ । बालविवाह हुनबाट उद्धार गरिएका सबै बालिकाले मकवानपुरमा रहेको सिविन बाल हेल्पलाइनमा मनोसामाजिक मनोविमर्श सेवा लिइरहेका छन् । 

यता कम उमेरमा आमा भएका तथ्याङ्कहरुले पनि बालविवाह कायमै रहेको सङ्केत गरिरहेको छ । हेटौँडा अस्पतालमा गत चैत १ देखि वैशाख १५ गतेसम्म दैनिक एक जनाका दरले ४५ किशोरी कम उमेरमै आमा भएका छन् । यो अवधिमा हेटौँडा अस्पतालमा आमा बनेका २५६ मध्ये २० वर्षभन्दा कम उमेरका ४५ जना छन् । तीमध्ये किशोरावस्थामै दोस्रो सन्तान जन्माउनेको सङ्ख्या नौ छ ।

किशोरावस्थामै आमा बन्नेमध्ये अधिकांश मकवानपुरका छन् । अस्पतालको तथ्याङ्कअनुसार मकवानपुरका ४०, बाराका तीन र सर्लाहीका दुई जना किशोरावस्थामै आमा बनेका हुन् । कलिलै उमेरमा विवाह गर्ने किशोरी र उनीबाट जन्मने शिशु जोखिममा पर्ने मात्रै होइन, अधिकांश बालविवाह सम्बन्धविच्छेदमा परिणत हुने गरेको देखिन्छ । बालविवाहले महिला र बालबालिकालाई उच्च जोखिममा पार्ने गरेको छ । 
ग्रामीण भेगका मात्रै होइन, बजार क्षेत्रकै पनि धेरै किशोरीको विवाह २० वर्ष नपुग्दै हुने गरेको छ । आमा बन्ने तथ्याङ्क हेर्दा पनि अवस्था फरक देखिँदैन । पछिल्लो डेढ महिनामा २० वर्ष नपुग्दै सन्तान जन्माउने सबैभन्दा बढी हेटौँडा उपमहानगरका २३ जना छन् । तीमध्ये छ जना दोस्रोपटक आमा बनेको अस्पतालले जनाएको छ । त्यसैगरी मकवानपुरगढीका पाँच, बकैया र मनहरिका तीन÷तीन, भीमफेदी र बागमती गाउँपालिकाका एक÷एक जना उमेर नपुग्दै आमा बनेका हुन् । 

हेटौँडा अस्पतालका महिला तथा प्रसूति स्वास्थ्य विशेषज्ञ डा राघवेन्द्र ठाकुरका अनुसार कम उमेरमा गर्भवती हुँदा आमा र शिशु दुवैलाई जोखिम रहने गर्दछ । किशोरीको शारिरीक विकास नै हुने क्रममा रहेको अवस्थामा स्वयं आमा बन्दा यसले स्वास्थ्यमा प्रतिकूल असर पार्ने उनको भनाइ छ । कम उमेरमा गर्भवती हुनेको सन्तान जन्माउने, स्याहार गर्ने र अभिभावकत्व निर्वाह गर्ने कुनै योजना नै नहुने गरेको पाइएको महिला तथा प्रसूति स्वास्थ्य विशेषज्ञ ठाकुरको भनाइ छ ।

- रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement