पुस २७, ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले शांकरी विद्यालयले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै बालबालिका सम्बन्धि ऐन छिट्टै ल्याउने घोषणा गरेका छन् ।
मन्त्री गुरुङले बालबालिकाहरूलाई सडकमा जानै नदिने गरी बालबालिका सम्बन्धि ऐन ल्याउने कामलाई अघि बढाइएको बताए ।
बालबालिकाहरूलाई सडकमा जान बाध्य हुने अवस्था आउन नदिने गरि सो सम्बन्धि ऐन संशोधनको कामलाई अघि बढाइएको र सरकारले सडकमा बालबालिका आउन नदिने गरि अभियान नै संचालन गरिरहेको छ, मन्त्री गुरुङले भने, ।
मन्त्री गुरुङले उच्च शिक्षा अध्ययनका लागि देश बाहिर जाने कामलाई रोक्ने चुनौतिको सामना गर्न पनि निजी क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गरे ।निजी क्षेत्रले गुणस्तरीय शिक्षाका लागि गरेको लगानी उल्लेखनीय रहेको पनि मन्त्री गुरुङको भनाई थियो ।