Advertisement
Advertisement
Advertisement
Advertisement

बारीमै कुहिन थाल्यो तरकारी

  |      17:39:00   |  
बारीमै कुहिन थाल्यो तरकारी

वैशाख  ७ भोजपुर । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेसँगै भोजपुरका तरकारी कृषक समस्यामा परेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी बिक्रीका लागि बजारसम्म पु¥याउन समस्या भएपछि उनीहरु मारमा परेका हुन् । सानो बजार क्षेत्रका कारण उत्पादित तरकारीले बजार नपाएपछि व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित बनेका हुन् ।
 
स्थानीय हाटबजारहरु बन्द भएपछि किसानको तरकारी बिक्री हुन छाडेको छ । केही किसानले सामान्यरूपमा डोकोमा बोकेर ल्याएर थोरै मात्रामा बिक्री गरेपछि व्यावसायिकरूपमा तरकारी खेतीमा लागेका कृषकको तरकारी भने खपत नभएको हो । जसका कारण उनीहरुको तरकारी बारीमा कुहिन थालेको छ । भोजपुर नगरपालिका–५ का स्थानीय कृषक गीता विष्टले भन्नुभयो, “बजारमा तरकारी बिक्रीका लागि लैजान नपाएपछि धेरै समस्या भएको छ, उत्पादित तरकारी गाईवस्तुलाई खुवाउनुपर्ने अवस्था छ ।”

हप्तामा शनिबार र बुधबार लाग्ने स्थानीय बजार बन्द भएपछि काउली, बन्दा, आलु, सागलगायत तरकारी बाली बारीमै कुहिन थालेको उनीहरुको भनाइ छ । खेतीपातीको सिजनमा लकडाउन भएपछि कामदार, बीउबिजन ल्याउन नसकिएको किसानले बताउने गरेका छन् । तरकारी बिक्री नभएपछि घर गर्जो टार्नसमेत समस्या हुन थालेको कृषकको गुनासो छ । स्थानीय कृषक कमला थापाले भन्नुभयो, “तरकारी बिक्रीबाट घर खर्च जोहो गर्न निकै सजिलो थियो, बिक्री नहुँदा सबै तरकारी कुहिएर खेर गयो, बिक्रीका लागि लैजाने ठाउँ छैन, लकडाउनका कारण हामी कृषकलाई पनि धेरै समस्या थपिएको छ ।”

भोजपुरको बोखिम, पोखरे, टक्सार, आमचेकलगायत ठाउँका कृषकले मुख्य गरेर सदरमुकाममा तरकारी बिक्रीका लागि ल्याउने गरेका थिए । 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement