Advertisement
Advertisement
Advertisement
Advertisement

बारीमा कुहियो, बजारमा अभाव

  |      11:35:00   |  
बारीमा कुहियो, बजारमा अभाव

►केदार मगर
वैशाख १७, खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललगायत मुख्य बजारमा तरकारीको अभाव छ तर लकडाउनका कारण ढुवानी रोकिँदा बारीका तरकारी कुहिएर नष्ट हुन थालेका छन् । जिल्लाका कतिपय कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि गाई तथा भैँसीलाई कुँडोको रुपमा पकाएर खुवाउने गरेको पाइएको छ ।
 
अधिकांश खरिद गरेको तरकारी उपभोग गर्ने दिक्तेल बजारका स्थानीय बासिन्दा अहिले चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । यसअघिसम्म प्रतिकेजी रु ५०÷६० मा पाइने गोलभेँडा लकडाउनका कारण बजारमा नआएपछि अहिले रु १२० मा खरिद गरेर उपभोग गरिरहेका छन् । किनमेल गर्ने सर्वसाधारणका कारण निकै व्यस्त रहने दिक्तेल बजारमा यसअघिसम्म दुई दर्जनभन्दा बढी तरकारी पसल सञ्चालनमा थिए । गाउँ तथा शहरबाट ढुवानी गरेर ल्याउन नपाएपछि अहिले अधिकांश तरकारी पसल बन्द नै भइसकेका छन् ।
 
छिटपुटरूपमा सञ्चालनमा रहेका तरकारी पसलमा पनि ग्राहकले खोजेको तरकारी पाउन मुस्किल छ । दिक्तेल बजारमा सञ्चालित तरकारी पसलमा अहिले लामो समयसम्म टिक्ने दाल, गुन्द्रुक, सिन्की, भटमासको मस्यौरालगायत मात्र पाइन्छ ।
  
सरकारले लागू गरेको लकडाउनपछि गाउँ तथा शहरबाट तरकारी नआएपछि पसल नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको दिक्तेल बजारस्थित सङ्गमपार्कका तरकारी व्यापारी श्याम पौडेलले बताउनुभयो । “जिल्लाका तरकारी व्यापारीलाई प्रशासनले सवारी सञ्चालन अनुमति दिएको छैन”, उहाँले भन्नुभयो, “सवारी सञ्चालन अनुमति दिने हो भने, दिक्तेल बजारमा आवश्यक तरकारी गाउँबाट ढुवानी गरेर ल्याउन सकिन्छ । तर पटक–पटक अनुरोध गर्दा पनि प्रशासनले सवारी अनुमति दिन मानेन ।”

दिक्तेल बजारमा सञ्चालित तरकारी पसलबाट सर्वसाधारणसँगै निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले खरिद गर्दै आएका थिए । ढुवानीका साधन हुने केही पसलबाहेक दिक्तेल बजारका अधिकांश तरकारी पसल स्थानीय कृषकको उत्पादनले सञ्चालन हुँदै आएको थियो ।
 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्रमा पर्ने दिक्तेल बजारमा हप्ताको दुई दिन बुधबार र शनिबार हटिया लाग्दै आएको थियो । विशेषगरी कृषि उपजहरु ९दाल, तरकारी, चामल, फलफूल, कुखुराको भाले, सुँगुरको पाठापाठी आदि० खरिद तथा बिक्री हुने उक्त हटिया डेढ महिनादेखि अनिश्चितकालीन बन्द छ । 

अधिकांश व्यापारी तथा कर्मचारीको बसोबास रहेको दिक्तेल बजारमा अहिले आसपासका कृषकका बारीमै गएर खरिद गरेर ल्याएको तरकारी उपभोग हुने गरेको छ । लकडाउनका कारण दिनभर बन्द हुने दिक्तेल बजारमा सञ्चालित तरकारी पसल भने बिहान ७ देखि १० बजेसम्म खुलाउन प्रशासनले अनुमति दिएको छ । 

लामो समयको लकडाउनका कारण आफूले उत्पादन गरेको काउली मात्रै २५० केजीभन्दा बढी कुहिएर खेर गएको सोल्माका अगुवा कृषक गङ्गाबहादुर विश्वकर्माले बताउनुभयो । “अहिले सबै कृषकको बारीमा काउली, बन्दा, गोलभेँडालगायतका सागसब्जी बिक्री गर्ने अवस्थामा छ”, उहाँले भन्नुभयो, “लकडाउनका कारण बजार लैजान नपाएपछि बारीमै कुहिएर गइरहेको छ ।”

अन्यबाली लगाउने जमिनसमेत मासेर तरकारी खेती शुरु गरेका कृषक आफूले उत्पादन गरेको तरकारी लकडाउनका कारण बिक्री गर्न नपाएपछि निरास बनेका छन् । जिल्लाका दिक्तेल, सोल्मा, खाल्ले, लफ्याङ, बाम्राङ, याम्खा, नेर्पालगायतका कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन् । जिल्लामा उत्पादित अग्र्यानिक तरकारी राजधानी काठमाडौँलगायत तराईका विभिन्न शहरमा निर्यात हुन थालेको थियो । आफूले उत्पादन गरेको तरकारी बाहिरी जिल्लामासमेत निर्यात हुन थालेपछि जिल्लाका कृषक आधुनिक प्रविधि अपनाएर व्यावसायिक तरकारी खेती गर्न लागिपरेका थिए । 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement