Advertisement
Advertisement
Advertisement
Advertisement

बारीमा कुहिँदै तरकारी

  |      12:03:00   |  
बारीमा कुहिँदै तरकारी

वैशाख ५, इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–२ का कृषक लखन मेहताले पाँच कठ्ठामा टमाटर, एक कठ्ठामा खुर्सानी र  १० कठ्ठामा बन्दागोभी खेती गर्नुभएको छ ।  छिमेकीबाट पाँच प्रतिशत ब्याजमा रु चार लाख  ऋण लिएर उहाँले तरकारी खेती गर्नुभएको हो । आफ्नो खेतबारी उत्पादन भएको तरकारीबाट अहिलेसम्ममा  रु पाँच हजार मात्र आम्दनी भएको उहाँको भनाइ छ । 
कोभिड–१९ बाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण कृषक घरबाट बाहिर निस्कन नपाएपछि  उत्पादित तरकारी खेतबारीमै कुहिने गरेको मेहताले बताउनुभयो । 
 इनरुवा–२ कै रामचन्द्र मेहताले समेत रु तीन लाख  छिमेकीबाट ऋण लिएर व्यावसायिक तरकारी खेती गर्नुभयो । उहाँको पनि तरकारी बिक्री नभएर खेतमै कुहिन थालेपछि  चिन्ताले सताएको छ ।
उहाँहरु जस्तै सुनसरीका थुप्रै कृषकको समस्या यस्तै    छ । तरकारी बिक्रीवितरणका लागि थोक हाटबजार नलागेको, सानासाना बजारसमेत बन्द भएको र तरकारी लिएर घर बाहिर निस्कँदा प्रहरीले  धरपकड गर्ने गरेका कारण झन् तनाव भएको कृषकले बताएका छन् ।
लकडाउनका बेला सरकारले बिहान र बेलुका गरेर कम्तीमा दुई घण्टाका दरले थोकमा उत्पादित तरकारीको बिक्रीवितरण गर्ने वातावरण बनाइदिनुपर्ने कृषकले माग गरेका छन् । जिल्लामा वार्षिक रुपमा  एक हजार दुई  सय बिघामा तरकारी खेती हँुदै आएको कृषि ज्ञानकेन्द्र इनरुवाका प्रमुख नुनुलाल उराँवले बताउनुभयो । कृषकलाई भीडभाड नगरी एउटाएउटा गरेर गाडीमा राखी बिक्रीवितरण गर्नका लागि छुट दिइएको प्रदेश नं १, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालया  प्रवक्ता डा राजेन्द्र उप्रेतीले बताउनुभयो ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement