Advertisement
Advertisement
Advertisement
Advertisement

बाढीले कैलालीका सुत्केरी तथा गर्भवती प्रभावित

  |      16:30:00   |  
वेब तस्विर
वेब तस्विर
साउन २६, कैलाली । कैलालीको भजनी नगरपालिकाले बाढीले प्रभावित भएका ४२५ सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरेको छ । नगरपालिकाले सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य किट वितरण गरेको हो । 
 
ती किटमा दाँत माझ्ने ब्रस, कोलगेट, नुहाउने साबुन, लुगा धुने साबुन, नेल कटर, आमा र शिशुका लागि न्यायो कपडा, महिनावारीको समयमा आवश्यक पर्ने प्याड, लुगा सुकाउने डोरी रहेका छन् । नगरपालिकाले पीडित परिवारलाई खाद्यान्न, भाडाकुँडा, त्रिपालजस्ता सामान दिन थालेको छ भने गर्भवती र सुत्केरीलाई अतिआवश्यक पर्ने सामान भएकाले स्वास्थ्य सामग्री भएको झोला नै दिन थालेको उपप्रमुख छाया देवकोटाले बताउनुभयो । “महिलालाई बढी समस्या हुन्छ, यस्तो समस्यामा महिलालाई सरसफाइका लागि सामग्री चाहिन्छ”, उहाँले भन्नुभयो, “महिलालाई पानी शुद्धीकरणका लागि चाहिने पियुससमेत दिएका छौँ । यस्तो बेलामा शुद्ध पानी आवश्यक हुन्छ ।”
 
बाढीको समयमा सुत्केरी र गर्भवतीलाई पोषण अभाव भएकाले नगरपालिकाले उनीहरुका लागि पोषण सहितको प्याकेजसमेत ल्याउने तयारी गरेको छ । उहाँले “हामीले विभिन्न सङ्घसंस्थासँग पोषण प्याकेज सहयोगका लागि समन्वयसमेत गरिरहेका छौँ । गर्भावस्था र सुत्केरी अवस्था विशेष अवस्था भएकाले हामी गम्भिर छौँ ।”
 
भजनी–८ की रुपा चौधरीको दुई महिनाकी छोरी छिन् । दुई महिनाकी सुत्केरी रुपा बाढी आएपछि परिवारसँगै विस्थापित हुनुभयो । रुपाको परिवार पाँच दिन पथरैया पुलमा पाल टाँगेर बस्नुभयो । “पालमुनि बस्दा निकै कठिन भयो, त्यहाँ खान पनि पाइएन”, उहाँले भन्नुभयो, “पानी घटेपछि घर फर्कियौँ तर घरमा सबै खाद्यान्न नष्ट भइसकेको छ ।”
 
उहाँको परिवारलाई शनिबार नगरपालिका र केही सङ्घसंस्थाका प्रतिनिधि आएर राहतस्वरुप खाद्यान्न दिए । “बच्चाको सरसफाइ पनि राम्ररी गर्न पाएकी थिइन”, रुपाले भन्नुभयो, “साबुन पाएपछि बच्चालाई नुहाइदिए, अनि लुगा पनि रहेछ । नयाँ लुगा फेरिदिए ।” सुत्केरी महिलालाई बढी आवश्यकता र समस्या हुने भएकाले विशेष राहत दिनुपर्ने उहाँको माग छ ।
 
भजनी–५ की रत्ना धामी गर्भवती हुनुहुन्छ । गर्भवती भएदेखि नियमित अण्डा, दूध खाने उहाँलाई आजभोलि भात खानै समस्या भएको छ । छ महिनाकी गर्भवती रत्ना आफूजस्ता महिलालाई सरकारले बिशेष सहयोग गर्नुपर्ने माग गर्नुहुन्छ । “हामीले राम्ररी खान पाएका छैनौँ, बाढीले जताततै दुर्गन्ध छ । स्वास्थ्य परीक्षण, पोषिलो खानेकुरा खाने अवस्था छैन । हामीलाई सरकारले हेरोस्”, उहाँले भन्नुभयो ।
 
भजनी नगरपालिकामा बाढीले एक हजार ६७१ परिवार विस्थापित भएका थिए । पानी घटेपछि उनीहरु घर फर्कने क्रम जारी छ, यो खबर राससले प्रकाशित गरेको छ । सामान्य बाढीले प्रभाव पारेका परिवार त दुई हजार बढी छन् ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement