Advertisement
Advertisement
Advertisement
Advertisement

एकीकृत समाजवादीका नेता मुछिएको बलात्कार पीडित नाबालिगले मानिनन् अभिभावकसँग बस्न

  |      13:03:00   |  
एकीकृत समाजवादीका नेता मुछिएको बलात्कार पीडित नाबालिगले मानिनन् अभिभावकसँग बस्न

चैत ७ काठमाडौं । नेकपा एकीकृत समाजवादी गण्डकीका उपाध्यक्ष एवं स्याङ्जा अध्यक्ष विष्णु गिरी मुछिएको बलात्कार पीडित नाबालिगले अभिभावकसँग बस्न अस्वीकार गरेकी छन्।

उच्च अदालत पोखराका न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र उमेश कोइरालाको आदेश अनुसार नाबालिगले आफू संस्थाकै संरक्षणमा रहन चाहेको अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ले बताइन्।

‘अदालतबाट नाबालिगको चाहना अनुसार अभिभावकको जिम्मा लगाउने वा संस्थाको संरक्षणमा बस्न दिने आदेश भएको थियो। नाबालिगले अदालतका रजिष्टार समक्ष संस्थामै बस्छु भनेपछि आमाबुवाको रोहबरमा कागज गराएर संस्थामै संरक्षण गरिएको छ,’ उनले भनिन्। 

नाबालिगका बुवाले आफ्नो नाबालिग छोरीलाई उक्त संस्थाले बन्दी बनाएको आरोप लगाएर उच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्दा दिएका थिए। उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले नाबालिगको चाहना अनुसार रिट जारी गरेको थियो। 

बलात्कार आरोपी गिरीले पोखरामा आफ्नो घरमा नाबालिग राखेका थिए। नाबालिगले स्कुलमा कानुनी सचेतना कार्यक्रमपश्चात आफूलाई राखेका गिरीले बलात्कार गरेको साथीहरूमाझ जानकारी गराएकी थिइन्। त्यसपछि गिरीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको थियो। 

जाहेरी दर्ता भएपछि स्याङ्जाबाट गिरीलाई गत फागुन २० गते पक्राउ गरी पोखरा ल्याइएको थियो। नाबालिगका बुवाआमा पनि स्याङ्जामा गिरीकै घरमा काम गर्ने र होस्टाइल हुन सक्ने अवस्था देखिएकाले संस्थाको संरक्षणमा राखिएको अधिवक्ता कुञ्जनीले बताइन्।
‘बलात्कार मुद्दाका आरोपित व्यक्तिको घरमा काम गर्ने आमाबुवामार्फत् होस्टाइल हुने संभावना देखेर नाबालिगलाई संस्थाको संरक्षणमा राखिएको हो,’ उनले भनिन्, ‘नाबालिगले पनि अदालतसमक्ष आफू संस्थाकै संरक्षणमा बस्ने इच्छा राखिन्।’


गिरीले गत वर्ष असोजमा नाबालिगलाई बलात्कार गरेको र त्यसपछि पनि पटक पटक प्रयास गरेको उनले बताएकी थिइन्।
उक्त मुद्दामा अहिले कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement