असार २३, म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
मङ्गला गाउँपालिका-५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गरेर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका मालिका-६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका-६ का वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए ।
बजिनको शव भेटिएको र बिना बेपत्ता भएको वडाध्यक्ष सुवेदीले बताए । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको व्यवस्थापनमा परिचालन भएका छन् ।
खहरेखोलाको बाढी पसेर मङ्गला गाउँपालिकातर्फ पनि एउटा घरमा क्षति पुगेको छ । रातोढुङ्गाको बस्ती, निर्माणाधीन ३२÷११ केभी क्षमताको सबस्टेशन र सयौँ रोपनी खेतीयोग्य जमीन जोखिममा परेको छ ।
इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको विवरण सङ्कलन, बेपत्ताको खोजी र जोखिममा परेका घरधुरी व्यवस्थापनमा जुटेको बताए ।
- रासस
वैशाख २६ काठमाडौं । जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जनालाई...
वैशाख २६ काठमाडौं । बाटो काट्ने क्रममा ५४ वर्षका डोलप्रसाद चौलागाईंलाई गाडीले ठक्कर दिएको छ...
वैशाख २६ काठमाडौं । जबरजस्ती करणी सम्बन्धी कसुर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड...
वैशाख २६ काठमाडौं । प्रेम सम्बन्ध राखेर युवतीलाई भारतमा बेचबिखन गरेको आरोपमा प्रहरीले एक...
वैशाख २६ काठमाडौं । आलिताल गाउँपालिका–८ गोदाम बजार नजिक अटोरिक्साको ठक्करबाट एक बालकको...
वैशाख २५,काठमाडौं ।वीरगञ्जमा दुई नेपाली युवतीलाई भारततर्फ लैजाँदै गरेका एक युवकलाई मानव...
वैशाख २५,काठमाडौं । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्...
वैशाख २५,काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएका...
वैशाख २५,काठमाडौं । महिलाहरू हरेक समयको रूपान्तरणको साक्षी भए पनि उनीहरूलाई अघि बढ्न अझै...