Advertisement
Advertisement
Advertisement
Advertisement

बाढीबाट रसुवा–नुवाकोटका १ लाख ५७ हजार महिला–बालिका प्रभावित

  |      10:24:00   |  
web image
web image

भदौ १५ , काठमाडौं । गत अगस्ट २६ मा नेपालमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटका करिब १ लाख ५७ हजार ५० जना महिला तथा बालिका प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

यूएन वुमनले सार्वजनिक गरेको पहिलो लैंगिक चेतावनी प्रतिवेदनअनुसार बाढीपछि महिला तथा बालिकामा हिंसा, शोषण, भोकमरी, मानव बेचबिखन र स्वास्थ्य सेवाबाट वञ्चित हुने जोखिम बढेको छ।

बाढीबाट हालसम्म ५०० भन्दा बढीको मृत्यु, करिब १ हजार जना बेपत्ता तथा झण्डै १० हजार घर बगेको जनाइएको छ। प्रभावित क्षेत्रमा खाद्यान्न र खानेपानीको अभावसँगै स्वास्थ्य तथा संरक्षण सेवासमेत प्रभावित भएका छन्।

यूएन वुमन नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पाचेकोले विपद्का बेला महिला तथा बालिकामाथि विद्यमान जोखिम अझ बढ्ने बताएकी छन्।

प्रतिवेदनअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा करिब तीनमध्ये एक महिला निरक्षर छन्। यसले राहतसम्बन्धी सूचना प्राप्त गर्न, दर्ता प्रक्रिया पूरा गर्न तथा सहायता दाबी गर्न थप कठिनाइ हुनसक्ने जनाइएको छ।

यूएन वुमनले महिला तथा बालिकालाई राहत, संरक्षण र पुनःस्थापनामा सहयोग गर्न २० लाख अमेरिकी डलर आवश्यक रहेको जनाएको छ। साथै, तत्काल खाद्य सहायता उपलब्ध गराउनुका साथै महिलाको नेतृत्व र जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले महिला नेतृत्वको सामुदायिक भान्सा कार्यक्रम सञ्चालनका लागि स्रोत परिचालन गरिरहेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement