Advertisement
Advertisement
Advertisement
Advertisement

बाढीपछि पनि महिला र बालबालिकाको संकट कायमै, १ लाख ५७ हजारभन्दा बढी प्रभावित

  |      10:22:00   |  
बाढीपछि पनि महिला र बालबालिकाको संकट कायमै, १ लाख ५७ हजारभन्दा बढी प्रभावित
भदौ १८ , काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य जारी रहे पनि महिला तथा बालबालिकाको संकट भने उद्धारपछि पनि थप गम्भीर बन्दै गएको छ। विस्थापन, परिवारबाट बिछोड, आधारभूत सेवाको अभाव तथा हिंसा र शोषणको जोखिमका कारण बाढी प्रभावित महिला तथा बालबालिका थप जोखिममा परेका छन्।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि नुवाकोटकी ६ वर्षीया जसिका तामाङ अझै बेपत्ता छन्। अर्कोतर्फ, रसुवाको टिमुरेमा बाढीले पुरिएकी ५ वर्षीया मनिषा उच्छाई मगरलाई जीवितै उद्धार गरिएको थियो। उनको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ
सरकारको उद्धार अनुरोध पोर्टलमा मंगलबारसम्म १२ हजार ३२० भन्दा बढी बेपत्ता व्यक्तिको खोजीका लागि निवेदन परेको छ। यद्यपि बेपत्तामध्ये कति महिला र बालबालिका छन् भन्ने छुट्टाछुट्टै तथ्यांक अझै उपलब्ध हुन सकेको छैन।
नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसोसम्म बाढी तथा विपद्बाट १ हजार ५८ शव फेला परिसकेका छन्। तीमध्ये पहिचानका लागि सङ्कलन गरिएको तथ्यांकअनुसार ६८४ शव अस्थायी रूपमा व्यवस्थापन गरिएको छ, जसमा १२१ महिला, १९८ पुरुष र ३६५ जनाको लिङ्ग पहिचान हुन बाँकी रहेको छ।
संयुक्त राष्ट्रसंघीय निकाय यूएन वुमन का अनुसार नेपालमा करिब ४३ हजार महिला तथा बालिकालाई तत्काल मानवीय सहायता आवश्यक छ। बाढी प्रभावित क्षेत्रमा गर्भवती महिला, स्तनपान गराइरहेका आमा, अपांगता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूह सुरक्षित स्थानमा पुग्न नसक्दा थप प्रभावित भएका छन्।
बाढीका कारण महिलाले खाना, खानेपानी, शौचालय, नुहाउने स्थान, सुत्ने ठाउँ र व्यक्तिगत गोपनीयतासमेतको समस्या सामना गरिरहेका छन्। घर तथा सम्पत्ति बगाएपछि उनीहरूको स्वास्थ्य तथा सुरक्षामा समेत जोखिम बढेको छ।
त्यस्तै, युनिसेफका अनुसार रसुवा, नुवाकोट र धादिङमा करिब १७ हजार बालबालिका बाढीबाट प्रभावित भएका छन्। तीमध्ये धेरैलाई तत्काल मानवीय सहायता आवश्यक रहेको जनाइएको छ।
यूएन वुमनले अगस्ट २८ मा सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार रसुवा र नुवाकोटमा मात्रै १ लाख ५७ हजार ५० महिला तथा बालिका प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढीका कारण उनीहरूको खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा संरक्षण सेवामा पहुँच प्रभावित भएको छ भने हिंसा तथा शोषणको जोखिम पनि बढेको छ।
विपद्का बेला महिलामाथि घरायसी तथा हेरचाहसम्बन्धी जिम्मेवारी थपिने भएकाले उनीहरू सुरक्षित स्थानमा पुग्न पनि कठिन हुने राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताएकी छन्। बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका परिवारका सदस्यको हेरचाह गर्दै भाग्नुपर्ने भएकाले महिलामाथि विपद्को प्रभाव अझ बढी पर्ने उनको भनाइ छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार प्रारम्भिक मूल्यांकनमा करिब ४३ हजार महिला, ४१ हजार पुरुष र ८ हजार ज्येष्ठ नागरिक गरी १९ हजार घरधुरी प्रभावित भएको अनुमान गरिएको छ। प्रभावित क्षेत्रमा परिवारबाट छुट्टिएका महिला तथा परिवार गुमाएका बालबालिकाको संख्या पनि बढिरहेको मन्त्रालयले जनाएको छ।
बाढीपछि महिला तथा बालबालिकामाथि हिंसा र मानव बेचबिखनको जोखिम बढ्न सक्ने भन्दै सम्बन्धित निकायले सचेतना र संरक्षणका काम अघि बढाएका छन्। परिवार गुमाएका वा अस्थायी संरक्षण आवश्यक भएका बालबालिकालाई सम्बन्धित निकायको अनुमति र समन्वयबिना अन्यत्र लैजान नहुने मन्त्रालयले आग्रह गरेको छ।
राष्ट्रिय महिला आयोगको टोल फ्री नम्बर ११४५ मा समेत बाढी प्रभावित क्षेत्रबाट उद्धार तथा राहतसम्बन्धी गुनासो र सहायता माग्दै फोन आउन थालेका छन्। आयोगले प्राप्त सूचनालाई सम्बन्धित निकायसम्म पुर्‍याएर समन्वय गरिरहेको जनाएको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement