Advertisement
Advertisement
Advertisement
Advertisement

बाढीपछि त्रिशूलीमा स्वास्थ्य संकट: औषधि र पानी अभाव, गर्भवतीको उद्धारमा समेत कठिनाइ

  |      13:42:00   |  
web image
web image

भदौ १२ , काठमाडौं । बाढीले घरबारविहीन बनाएपछि त्रिशूली क्षेत्रका विस्थापित नागरिक अहिले औषधि, स्वच्छ खानेपानी, पोषणयुक्त खाना र स्वास्थ्य सेवाको अभाव झेलिरहेका छन्। दीर्घरोगी, गर्भवती, सुत्केरी र बिरामीका लागि बाढीपछि अवस्था थप जोखिमपूर्ण बनेको छ।

त्रिशूली बजारकी एक महिलाको घरसँगै चारवटा पसल बाढीले बगाएपछि मधुमेह, उच्च रक्तचाप र थाइराइडका लागि नियमित सेवन गर्दै आएका औषधिसमेत गुमाएकी छन्। उनी अहिले परिवारसहित त्रिशूली अस्पतालनजिकैको विस्थापित शिविरमा बसिरहेकी छन्। तर अस्पतालमा आवश्यक औषधि नहुँदा तीन दिनदेखि औषधि सेवन गर्न नपाएको उनका छोरा रघुवीरले बताएका छन्।

यही परिवारकी बुहारीलाई शिविरमै प्रसूति व्यथा लागेपछि थप समस्या भएको थियो। त्रिशूली अस्पतालमा प्रसूति गराउन सम्भव नभएपछि सडक सम्पर्कसमेत अवरुद्ध भएकाले उनलाई शनिबार बिहान हेलिकोप्टरमार्फत काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लगिएको रघुवीरले बताए।

बाढीपछि विस्थापित भएका धेरै दीर्घरोगीले नियमित औषधि पाउन सकेका छैनन्। कोलानीस्थित विस्थापित शिविरमा ६२ वर्षीया दमकी बिरामी आमाको हेरचाह गरिरहेकी कोपिला परियारले आवश्यक सबै औषधि उपलब्ध हुन नसकेको बताएकी छन्।

त्रिशूली अस्पतालका फार्मेसी प्रमुख महेश्वर यादवका अनुसार उच्च रक्तचापका बिरामीलाई प्रयोग हुने एटेनोलोल र लोसार्टानजस्ता औषधि अभाव हुन थालेका छन्। इन्टरनेट अवरुद्ध भएकाले अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालन हुन नसकेको र औषधिको मौज्दात घट्दै गएको उनले बताए।

अस्पतालका सूचना अधिकारी रिक्सेश रानाका अनुसार आसपासका शिविरमा मधुमेह, उच्च रक्तचाप र दमका बिरामी धेरै छन्। उनीहरूले नियमित सेवन गर्ने औषधि प्राप्त गर्न कठिनाइ भइरहेको छ।


औषधिसँगै त्रिशूली क्षेत्रमा खानेपानीको संकट पनि गम्भीर बनेको छ। बाढीले त्रिशूली जलविद्युत् आयोजनासँग जोडिएको पानीको नहर तथा टुप्चे हुँदै आउने पाइपलाइन बगाएपछि अस्पताल र आसपासका बस्तीमा पानी आपूर्ति प्रभावित भएको हो।

बाग्तार क्षेत्रमा रहेका तीनवटा विस्थापित शिविरमा करिब एक हजार मानिस आश्रय लिएर बसेका छन्। भैरुङ माध्यमिक विद्यालय, कभर्ड हल र बेथान एकेडेमीमा रहेका शिविरमा गर्भवती, सुत्केरी, दीर्घरोगी र अन्य बिरामीसमेत छन्।

स्वच्छ पानी, सरसफाइ र व्यवस्थित शौचालयको अभावका कारण भीडभाडयुक्त शिविरमा संक्रामक रोग फैलिन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्। त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र लामाले सुरक्षित खानेपानी र उचित शौचालयको अभावले महामारीको जोखिम बढाएको बताएका छन्।

शिविरमा वितरण भइरहेको खाना पनि पर्याप्त तथा पोषणयुक्त नभएको विस्थापितहरूको गुनासो छ। गर्भवती, सुत्केरी र बिरामीका लागि यस्तो अवस्था थप चिन्ताजनक बनेको छ।

सडक सम्पर्क टुट्दा उपचार र उद्धार प्रभावित

बाढीले क्षेत्रका पुलहरू बगाएपछि त्रिशूली अस्पतालको जिल्ला सदरमुकामसँगको सडक सम्पर्क विच्छेद भएको छ। गम्भीर बिरामीलाई अन्यत्र लैजान अहिले हेलिकोप्टरमा निर्भर हुनुपर्ने अवस्था छ।

अस्पतालका अनुसार आपत्कालीन समयमा पनि सधैं हेलिकोप्टर उपलब्ध नहुँदा बिरामीको उद्धारमा कठिनाइ भइरहेको छ। विशेषगरी गर्भवती महिलालाई अस्पताल ल्याउन र उपचारपछि घर फर्काउन समस्या भएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालमा अत्यावश्यक औषधिसँगै खाना पकाउने ग्यास र एम्बुलेन्सका लागि डिजेलको समेत अभाव हुन थालेको छ।
बाढीपछि त्रिशूली क्षेत्रमा सुरक्षा चुनौतीसमेत थपिएको अस्पताल प्रशासनको भनाइ छ। अस्पताल र आसपासको क्षेत्रमा सात–आठ जना प्रहरी मात्र परिचालन भएकाले सुरक्षा पर्याप्त नभएको मेडिकल सुपरिटेन्डेन्ट लामाले बताएका छन्।

उनका अनुसार शुक्रबार मोटरसाइकलमा आएका चार–पाँच जना मुखमा मास्क लगाएका व्यक्तिले शल्यक्रियामा संलग्न चिकित्सकलाई धम्क्याएर भगाएको घटना भएको थियो। त्यसपछि आसपासका घरमा दिउँसै लुटपाट हुन थालेको उनले बताए।

अत्यावश्यक वस्तुको अभावसँगै बाढी प्रभावित क्षेत्रमा कालोबजारीसमेत बढेको अस्पताल प्रशासनले जनाएको छ।

बाढीपछि त्रिशूलीका विस्थापितका लागि अहिले मुख्य चुनौती केवल आश्रयको व्यवस्थापन मात्र नभई नियमित औषधि, स्वच्छ खानेपानी, पोषणयुक्त खाना, स्वास्थ्य उपचार, गर्भवतीको सुरक्षित उद्धार र सुरक्षा सुनिश्चित गर्नु बनेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement