Advertisement
Advertisement
Advertisement
Advertisement

बाग्लुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला निको भएपछि डिस्चार्ज

  |      18:21:00   |  
बाग्लुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला निको भएपछि डिस्चार्ज

बैशाख ७,  काठमाण्डौ । बेल्जियमबाट कतार हुँदै काठमाण्डौ, त्यहाँबाट पोखरा हुँदै बागलुङस्थित घर पुगेको केही दिनपछि कोरोना संक्रमण पुष्टि भएकी ६५ बर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन् । 


उनलाई आइतबार मात्र डिस्चार्ज दिने बताइएको थियो । तर, चौथो नमूना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको र अवस्था सामान्य रहेको भन्दै धौलागिरी अञ्चल अस्पतालले उनलाई शनिवार साँझ नै डिस्चार्ज गरिदिएको हो । 

योसहित अब नेपालमा निको भएर घर फर्किने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । शनिवार दिउँसो मात्र टेकूबाट दोश्रो कोरोना संक्रमित युवतीलाई डिस्चार्ज गरिएको छ । 


बागलुङकी ती महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि सो अस्पतालमा चैत १९ गते भर्ना गरिएको थियो । त्यहाँ उनले करिब तीन साता आइसोलेसनमा बिताएकी हुन् । 

बागलुङ नगरपालिका ३ गौंडाकोटकी स्थायीबासी यी महिलाले कोरोनामाथि हासिल गरेको जित यसकारण पनि चिकित्सकले विशेष मानेका छन् कि, यी महिला मधुमेह र उच्च रक्तचापको बिरामी थिइन् । उनले नियमित औषधि सेवन गर्दै आएकी थिइन् । यस्ता दीर्घरोगीहरु कोरोना संक्रमणबाट उम्किन गाह्रो पर्ने यूरोप तथा अमेरिकाको भन्दा फरक यी महिलाले कोरोनामाथि जित हासिल गरेकी उनको उपचारमा खटिएका चिकित्सकहरुले दाबी गरेका छन् । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। शैलेन्द्र पोखरेलले औषधि नै नभएको संक्रमणबाट ती महिलाले आफूलाई बचाएकी उल्लेख गर्दै यसबाट नेपालमा कोरोना संक्रमित निको हुन्छन् भन्ने मान्यता स्थापित भएको बताए । उनले ती महिलाको बलियो आत्मबलले समेत रोगसँग लड्न सहयोग गरेको दाबी गरे । 

गत चैत ४ गते उनी बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी बेल्जियममा रहेका छोरीज्वाई भेट्न गएकी थिइन् । कतारदेखि काठमाडौं र काठमाडौंदेखि पोखरा हुँदै बागलुङस्थित घर आउने बेलासम्म नेपालकै पाँचौ संक्रमित १९ बर्षकी युवती र उनी सँगै थिए। ती युवती पनि धौलागिरी अञ्चल अस्पतालमै उपचार गराइरहेकी छिन्। ती युवतीको चौथो पटकसम्मको स्वाब परीक्षण भने पोजेटिभ आएको छ। तर, डा। पोखरेलले भने ती युवतीको अवस्था सामान्य रहेकोले चाँडै अर्को गुड न्यूज आउने दाबी गरेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement