Advertisement
Advertisement
Advertisement
Advertisement

बाक्लो कोटले पनि बढाउँछ गर्दन र काँधको समस्या

  |      17:09:00   |  
बाक्लो कोटले पनि बढाउँछ गर्दन र काँधको समस्या

पुस १८, काठमाडौं। दिनभर अफिस जाने र औपचारिक पहिरन लगाउनेहरूको दिनचर्यामा कोट एक महत्वपूर्ण हिस्सा हो । जाडोयाममा त चिसो मौसममा न्यानो बनाउने र व्यक्तित्वलाई आकर्षक देखाउने हुँदा पनि प्रायस्ले बाक्लो कोट लगाउन रुचाउँछन् ।

तर धेरैले थाहा नपाएको कुरा के हो भने लामो समयसम्म कोट लगाउँदा गर्दन र काँध दुख्ने समस्या देखा पर्न सक्छ । यो समस्या तब गम्भीर बन्न सक्छ, जब छाम्दा पनि कडा हुने खालको कपडामा तयार भएको भारी वा गलत फिट भएका कोट लगाइन्छ ।
कसरी समस्या पार्छ रु

कोटले समस्या पार्ने दुई अवस्था छन् । एउटा कोटको बनावट, अर्को शरीरको भारी वजन । कडा कपडाबाट बनेका वा काँध र गलामा गह्रौं डिजाइन भएको कोटले शरीरको प्राकृतिक गतिशीलतामा बाधा पुर्‍याउँछ । काँध, गर्दन र मांसपेशीमा अनावश्यक दबाब पार्छ ।

अर्को समस्या भनेको कोटको फिटिङ हो । धेरै कसिलो वा खुकुलो हुने कोट लगाउँदा शरीरको सन्तुलन बिग्रिन सक्छ । कसिलो कोटले गर्दन र काँधमा अत्यधिक दबाब पार्छ भने फितलो कोटले निरन्तर हलचल हुँदा मांसपेशीलाई थकान पुर्‍याउँछ ।

यसले गर्दा गर्दन दुख्ने, काँध अरलो हुने र कहिलेकाहीं टाउको दुख्ने समस्या समेत देखिन्छ । त्यसमाथि पनि मोटोपन भएको व्यक्तिमा बोसो सबै ठाँउमा हुन्छ । यस्तोमा कसिलो र गह्रौं कोटले गतिशीलतामा बाधा पुर्‍याइरहेको हुन्छ ।

ऊन वा अन्य भारी सामग्रीबाट बनेका कोट दिनभर लगाउँदा काँध र गर्दनको मांसपेशीमा थकान महसुस हुन थाल्छ । गह्रौं कपडाको तौलले मांसपेशीलाई लामो समयसम्म तनावमा राख्छ, जसले गर्दा दुखाइको समस्या झन् गहिरो बन्न सक्छ । यस्ता कोटले हात चलाउन र हिंड्न समेत असहज गराउने मांसपेशी दुख्ने हुनसक्छ ।

एकछिन वा एक दिनमा यो समस्या भएको अनुभव नभए पनि दैनिक लगाउने हो भने भारीकोटको दबाब लामो समयसम्म रहँदा मांसपेशीमा थकान पैदा गर्ने, गल्ने, सुन्निने र दीर्घकालीन दुखाइको समस्या हुनसक्छ । विशेषगरी अफिसमा दिनभर कुर्सीमा बस्नुपर्दा कोटको असहजता झन् बढी महसुस हुन्छ ।
त्यसो भए कोट लगाउनै हुन्न ?

कोटले समस्या दिन्छ भनेर लगाउनै हुन्न भन्ने आशय कदापि होइन । यस्ता समस्याबाट बच्न केही सावधानी र छनोटमा ध्यान दिएर कोट लगाउन सकिन्छ । कोट किन्ने क्रममा सधैं हल्का र सहज कपडाका कोट छनोट गर्नुपर्छ ।

धेरै कडा वा गह्रौं सामग्रीबाट बनेका कोट किनेर समस्या बढाउनुको सट्टा, लचिलो र हल्का कपडा रोज्नु उपयुक्त हुन्छ । फिटिङ पनि सही हुनुपर्छ । अर्थात्, कोट लगाउँदा न त धेरै कसिलो,  न त धेरै खुकुलो अनुभव हुने छनोट गर्नुपर्छ । यसले गर्दन र काँधमा अनावश्यक दबाब पर्ने सम्भावना कम गर्छ ।

कोट लगाएको बेलामा दैनिक गरिने काम विशेषगरी अफिसमा हुँदा बीचबीचमा विश्राम लिने बानी बसाल्नुपर्छ । कोट लगाएर निरन्तर बस्नुभन्दा समय–समयमा कोट खोल्नु र मांसपेशीलाई आराम दिनु आवश्यक छ ।

साथै, गर्दन र काँधको हल्का व्यायाम गर्दा मांसपेशीको तनाव कम गर्न मद्दत हुन्छ । जस्तै, गर्दनलाई हल्का दायाँबायाँ घुमाउने, काँधलाई माथि र तल तन्काउने जस्ता साधारण व्यायामले पनि ठूलो प्रभाव पार्न सक्छ ।

कतिपय अस्पतालमा भारी पहिरन लगाएरै पनि दीर्घकालीन दुखाइ लिएर आउने गरेको पाइन्छ । कोट लगाउँदा आउने असहजता र यसले निम्त्याउने समस्या कुनै नजरअन्दाज गरी हल्का रूपमा लिने बानीले दीर्घकालीन दुखाइ गराउन सक्छ ।

त्यसैले अत्यधिक दुखाइ महसुस भइरहेको खण्डमा एकपटक विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ । फिजियोथेरापी, एक्युप्रेसर वा अन्य थेराप्युटिक विकल्पहरुले पनि दुखाइ कम गर्न सक्छ । यस्ता उपचार प्रक्रियाले केवल दुखाइ मात्र कम गर्दैन । दीर्घकालीन रूपमा मांसपेशीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

कोट लगाउँदा मात्र होइन । सबैले गर्दन र काँध स्वस्थ राख्नका लागि जीवनशैलीमा साना परिवर्तन आवश्यक हुन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement