Advertisement
Advertisement
Advertisement
Advertisement

बस ड्राइभरकी छोरीले पत्ता लगाएकी थिइन् कोरोना भाइरस !

  |      14:36:00   |  
बस ड्राइभरकी छोरीले पत्ता लगाएकी थिइन् कोरोना भाइरस !

बैशाख ४, काठमाडौँ । मानिसमा पहिलो पटक कोरोनाभाइरस खोज गर्ने महिला स्कटल्याण्डका एक बस ड्राइभरकी छोरी थिइन्, जसले १६ वर्षमै स्कूल छोडेकी थिइन् ।


उनको नाम थियो जूून अलमोडा, जो भाइरस इमेजिङ क्षेत्रका चर्चित नामहरुको सूचिमा आफ्नो  नाम लेख्न चाहन्छिन् ।

तर, कोभिड १९ महामारीका समयमा जूनको कामको चर्चा सर्वत्र भइरहेको छ र उनको खोजको चर्चा केन्द्रमा छ ।


कोभिड १९ एक नयाँ भाइरस हो, तर कोरोना भाइरसकै एक प्रकार, जसको खोज डाक्टर अलमेडाले सबैभन्दा पहिले सन् १९६४ मा लण्डनको सेन्ट थमस अस्पतालस्थित ल्याबमा गरेकी थिइन् ।

भाइरोलोजिष्ट जून अलमेडाको जन्म सन् १९३० मा भएको थियो । स्कटल्याण्डको ग्लासगो सहरको उत्तरपूर्वीस्थित एक वस्तीमा एक साधारण परिवारमा उनको जन्म भएको थियो। ।

१६ वर्षको उमेरमा स्कूलको पढाइ सकेपछि जूनले ग्लासगो सहरकै एक ल्याबमा प्राविधिकका रुपमा काम गरेकी थिइन् ।


पछि नयाँ सम्भावना खोेज्नका लागि लण्डन गएकी थिइन् र सन् १९५४ मा उनले भेनेजुअलाका कलाकार एनरीके अलमेडासँग बिहे गरिन् ।

सामान्य चीसो र चीसोको अध्ययन
मेडिकल क्षेत्रका लेखक चर्ज विन्टरका अनुुसार विहेको केही वर्षपछि ती दम्पती उनकी युवा छोरीका साथ क्यानडाको टोरन्टो सहर गएको थियो ।

क्यानेडियाको ओन्टारियो क्यान्सर इन्सिच्युटमा डाक्टर जूून अलमेलाले एक इलेक्ट्राँन माइक्रोस्कोपका साथ आफ्नो उत्कृष्ट कौशल विकास गरिन् । त्यस संस्थानमा काम गर्दा उनले एउटा यस्तो विधि सफलता हासिल गरिन् कि जसको मद्धतले भाइरसको कल्पना गर्न धेरै सजिलो भएको थियो ।

लेखक जर्ज विन्टरले बीबीसीलाई भने–‘यूकेका डाक्टर जूून अलमेडाको कामको महत्व सम्झेर सन् १९६४ मा उनलाई लण्डनको सेन्ट थमस मेडिकल स्कूलमा काम गर्ने प्रस्ताव राखियो । यो त्यही अस्पताल हो जहाँ कोभिड १९ बाट संक्रमित भएपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जन्सनको उपचार भयो ।’

क्यानडाबाट फर्केपछि डाक्टर अलमेडाले डाक्टर डेविड टायरेलसँग मिलेर रिसर्च सुरु गरिन्, जो ती दिनहरुमा यूकेको सेलिस्बरी क्षेत्रमा सामान्य चीसोको विषयमा शोध गरिरहेका थिए ।

जर्ज विन्टरले भने–‘डाक्टर टायरेलले  चीसोका दौरान नाकबाट बहने तरलपदार्थको नमूूना एकत्रित गरे र उनको टिमका लगभग सबैले नमूनामा सामान्य चीसो ठण्डीका दौरान पाइने भाइरस देखेका थिए ।’

तर, यिनमध्ये एक नमूना जसलाई बी ८१४ नाम दिइयो र त्यसलाई सन् १९६० मा एक बोर्डिङ स्कूलका छात्रबाट लिईएको थियो, बाँकी सबै अलग थियो ।

कोरोनाभाइरस नाम कसले दियोरु
डाक्टर टायरेललाई लाग्यो, किन यो नमूनाको जाँच डाक्टर जून अलमेडाको मद्धतबाट इलेक्ट्रान माइक्रोस्कोपद्वारा गरियोस् ।

यो नमूूना जाँचका लागि डाक्टर अलमेडाकहाँ पुुर्याइयो । उनले परीक्षणपछि बताइन्, यो भाइरस इन्फ्लुुएन्जाजस्तो त देखिन्छ, तर यो त्यो होइन बरु त्योेभन्दा केही फरक छ ।

र यही भाइरस जसको पहिचानपछि डाक्टर जून अलमेडाले कोरोनाभाइरसमा काम गरिन् ।

जर्ज विन्टर भन्छन्–‘डाक्टर अलमेडाले वास्तवमा यो भाइरसजस्तो कण पहिले मुसामा हुुने हेपाटाइटिस र कुुखुुरामा हुुने संक्रामक ब्रोंकाइटिसमा देखेकी थिइन् । जूूनको पहिलो रिसर्च पेपर यद्यपि यही भनेर खारेज गरिएको थियो, उनले नै इन्फ्लूएन्जा भाइरसकै खराब तस्वीर पेस गरिन् ।’

तर नमूूूना संख्या बी ८१४ बाट भएको नयाँ खोज सन् १९६५ मा प्रकाशित भयो, ब्रिटिश मेडिकल जर्नलमा र त्यसपछि जर्नल अफ जेनेरल भाइरोलोजीमा तस्वीरका साथ प्रकाशित गरियो ।

जर्ज विन्टरका अनुसार डाक्टर टायरेल, डाक्टर अलमेडा र सेन्ट थमस मेडिकल संस्थानका प्रोफेसर टोनी वाटरसन थिए, जसले यो भाइरसको माथितलको बनावटलाई देखेर यस भाइरसको नाम कोरोनाभाइरस राखे ।

त्यसपछि डाक्टर अलमेडाले लण्डनको पोष्टग्रेजुएट मेडिकल कलेजमा काम गरिन् । त्यहीँबाट उनले आफ्नो डक्टरेटको पढाइ पूरा गरिन् ।

आफ्नो करिअरको अन्तिम दिनहरुमा डाक्टर जूून अलमेडा वेलकम इन्स्टिच्युुटमा पनि थिइन् जहाँ उनले इमेजिङका मद्धतले केही नयाँ भाइरसको पहिचान र तिनको पेटेन्ट आफ्नो नाम गराइन्।

वेलकम इन्स्टिच्युुुटबाट रिटायर्ड भएपछि डाक्टर अलमेडा एक योगा गुुरु बनेकी थिइन् ।

तर सन् १९८०को दशकमा उनलाई संरक्षकका तर्फबाट एचआइभी भाइरसको नोवेल तस्वीरहरु लिनका लागि बोलाइएको थियो ।

सन् २००७ मा जूून अलमेडाको देहान्त भयो । त्यतिबेला उनी ७७ वर्षकी थिइन् ।

अब उनको मृत्यु भएको १३ वर्षपश्चात् उनलाई र उनको कामको वास्तवमा मान्यता मिलिरहेको छ, जसको हकदार उनी थिइन् । एक बेमिसाल रिसर्चरका रुपमा उनलाई सम्झना गरिरहिएको छ किनकि रिसर्चका कारण नै हाल यसले कोरोनाभाइरस संक्रमण विश्वभर फैलिएको बुझ्न मद्धत गरिरहेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement