Advertisement
Advertisement
Advertisement
Advertisement

बसन्त चौधरीको प्रोस्टेटको शल्यक्रिया, अवस्था सामान्य

  |      14:42:00   |  
web imege
web imege

असार ६,काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीको शुक्रबार(आज) बिहान प्रोस्टेटको सफल शल्यक्रिया भएको छ । 

नर्भिक अस्पतालका यूरोसर्जन डा. भरत भण्डारी नेतृत्वको यूरोलोजी टिमले चौधरीको प्रोस्टेटको सफल शल्यक्रिया गरेको हो । सो टिमलाई डा. सुरेश लामिछाने नेतृत्वको एनेस्थेसिया टिम, नर्सिङ स्टाफ लगायतको सहयोग रहेको थियो । 

शल्यक्रियापछि ६४ वर्षीय चौधरी नर्भिक अस्पतालमै स्वास्थ्य लाभ गरिरहेका अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

दुई वर्षअघि पनि चौधरीको प्रोस्टेटको शल्यक्रिया गर्नुपरेको थियो । सो समस्या पुनः बल्झिएको हो । 

प्रोस्टेटको ट्रान्सयुरेथ्रल रिसेक्शन (turp) एक सर्जिकल प्रक्रिया हो, जसमा प्रोस्टेटको एक भाग काटिन्छ। प्रोस्टेट ग्रन्थी पुरुषको पिसाब थैली मुनि अवस्थित हुन्छ ।

प्रोस्टेट ग्रन्थी बढेपछि पिसाबको बाटो अवरोध हुन्छ । र, उपचारको रुपमा प्रोस्टेटको शल्यक्रिया गर्ने गरिन्छ । एकपटक प्रोस्टेटको उपचार गरिसकेपछि कतिपयको नली खुम्चिने, कतिपयको पूरा नकाटिएको वा पुनः बढ्ने अवस्था पनि बन्छ । यहीकारण कतिपयको एकपटक प्रोस्टेटको शल्यक्रिया गरेपछि पुनः समस्या बल्झिनसक्छ । 

चिकित्सकहरुकाअनुसार ४५ वर्ष उमेर पूरा भएका पुरुषले प्रोस्टेट ग्रन्थीको समय–समयमा परीक्षण गरिरहनुपर्छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement