वैशाख १०, बुटवल । दाङ जिल्ला प्रहरी कार्यालयले बिहिबार बलात्कार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
गत साउन ९ गते दिउँसो एक महिलालाई बलात्कार गरेको आरोपमा राप्ती गाउँपालिका वडा नम्वर ३ का २८ वर्षीय अर्जुन बिकलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका बिकलाई तुलसीपुरको चोकमा लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
उनलाई जिल्ला अदालतमा पेश गरी म्याद थप गरिएको छ ।
साभार ः रातोपाटी