Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कार आरोपमा चार पक्राउ

  |      10:54:00   |  
बलात्कार आरोपमा चार  पक्राउ

जेठ, २२ लहान । एक १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा सिरहाको नरहा गाउँपालिका–४ निवासी २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, औरही गाउँपालिका–२ निवासी २० वर्षीय अम्बर यादव र २३ वर्षीय जगरनाथ यादव र सुखीपुर नगरपालिका–६ निवासी १९ वर्षीय गोलु महतोलाई पक्राउ गरेको हो ।
 
गोलबजार नगरपालिका–३ गागन खोला छेउमा आफूमाथि जबर्जस्ती करणी गरेर फरार भएको पीडितको उजुरीका आधारमा ती चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । पक्राउ परेका चारै युवक र पीडितको स्वास्थ्य परीक्षण गराइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । 

त्यसैगरी भक्तपुर नगरपालिका–२ व्यासीस्थित आफ्नै कोठामा बसिरहेकी एक बालिकालाई बलात्कार गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–४ स्थायी घर भइ भक्तपुर नपा वडा नं २ व्यासी बस्ने ३१ वर्षीय मोहन तामाङ रहेका छन् ।

फूपूफूपाजुसँग बस्दै आएकी १३ वर्षीयालाई फूपूफूपाजु गलैचा कारखानामा काममा गएको मौका पारी कोठामै गएर बालिकाको मुख थुनेर बलात्कारको प्रयास गरिरहेको अवस्थामा फूपाजु पुगेपछि तामाङ फरार भएका थिए । घटनाको खबर आएलगत्तै व्यासीमै रहेको प्रहरी टोलीले फरार तामाङलाई पक्राउ गरी भक्तपुर जिल्ला अदालतबाट १० को म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement