Advertisement
Advertisement
Advertisement
Advertisement

बर्दिबासमा विद्याथीहरुले सुरू गरे ‘एक विद्यार्थी, एक रुख’ अभियान

  |      16:31:00   |  
Web Image
Web Image

असार १३,  महोत्तरी । कोरोना सन्त्रासले विद्यालय नखुलेको समयमा जिल्लाको बर्दिबास नगरपालिका-९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका विद्यार्थीले ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका छन् ।

चुरे संरक्षणको विषय र वनजङ्गलको कुरा जोडिएर जताततै बहस बढिरहेका बेला प्रत्येक विद्यार्थीले आफ्नो घर आँगनमा कमसेकम एउटा फलफुलको बिरुवा रोपेर हुर्काउनै पर्ने ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका हुन् । विद्यार्थीको यो अभियानमा जनसहयोगी युवा सञ्जाल बर्दिबासले डिभिजन वन कार्यालय महोत्तरीसँग समन्वय गरेर फलफुलका बिरुवा उपलब्ध गराएको छ ।

असारको दोस्रो साता प्रारम्भसँगै पशुपतिनगरका प्रत्येकजसो घरआँगन र करेसाबारीमा सञ्चालन गरिएको यो अभियानअन्तर्गत पहिलोचरणमा ५०० बिरुवा रोपिएका छन् । अहिले आँप, लिचीलगायतका बिरुवा रोपिएका विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए।

चुनौती बन्दै गएको चुरे र वन संरक्षणको मुद्दामा विद्यार्थीको यो अभियानसँगै नयाँ विषयले प्रवेश पाउने विद्यालय नजिकैका बासिन्दा तथा अभिभावक अमृतकुमार महतो बताउछन्। ‘अभियानको अभिष्ट विद्यार्थीले एउटा बिरुवा रोपेर हुर्काउनुमा मात्र सीमित छैन’, विद्यालयको भौतिक र शैक्षिक अभियानमा जोडिँदै आएका महतोले भने, ‘जनजनलाई रुखबिरुवा र प्रकृति संरक्षणबारे सचेत र सजग गराउने पनि अभियानको उद्देश्य छ ।’

शैक्षिक, भौतिक अवस्था बिग्रँदै गएको विद्यालयमा गत वर्षको प्रारम्भदेखि नै महतोसहितका अभिभावकले विद्यालय केन्द्रित शैक्षिक जागरण सञ्चालन गर्दै आएका छन् । यस क्रममा विभिन्न निकायलाई घचघच्याएर भौतिक विकास गर्नेदेखि शिक्षक र अभिभावकलाई विद्यार्थीको पठनपाठन व्यवस्थापनमा जिम्मेवार बनाउने विषय समेटिएको छ ।

निरन्तरको प्रयत्नले अब विद्यालयको भवन, कक्षाकोठा, अन्य भौतिक पूर्वाधार

(डेस्क, बेन्च, पुस्तकालय, कम्प्युटर कक्षा र सहायक शैक्षिक सामग्री) अब्बल बन्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजतन महतो बताउँछन् ।

विद्यालय परिसरमा जनसहयोगी युवा सञ्जाल बर्दिबासले गत वर्ष थालेको बालउद्यान निर्माणको काम पनि अब अन्तिम चरणमा पुगेको छ । विद्यालयको भौतिक व्यवस्थापनसँग जोडेर गत वर्ष थालिएको बालउद्यान निर्माण कार्यसँगै तयार भएका नयाँ भवन, खेल मैदान र विद्यालय परिसर प्रवेश गरेलगत्तै लहलहाउँदा हुर्कँदै गरेका बिरुवाले विद्यालयले जुनी फेरेको स्पष्ट देखिन थालिएको पशुपतिनगरकै सामाजिक, राजनीतिक कार्यकर्ता सुरजसिंह कुशवाहा बताउँछन् ।

‘युवाको एकता, देशको सफलता’ भन्ने नाराका साथ अहिले थालिएको ‘एक विद्यार्थी, एक रुख’ अभियान हरित अभियानकै एक अंश रहेको सञ्जालको निष्कर्ष छ । ‘हामी विद्यार्थीको मस्तिष्कमा अहिलेदेखिनै व्यावहारिकरूपमै प्रकृति र रुख बिरुवाप्रति प्रेम भर्न चाहान्छौँ’, अभियानको समन्वयकर्ता सञ्जालका गोविन्द महतो भन्छन् ।

‘यो अभियानमा विद्यार्थीको बिरुवा रोप्न, त्यसको स्याहार, सम्भार गर्न जिम्मेवारी जोडिएको हुँदा रुखबिरुवाको महत्वबारे उनीहरु अझ थप जिज्ञासु बन्नेछन् ।’

विद्यालयका विद्यार्थीको यो अभियानमा निरन्तर सहयोग रहने डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ। ‘हामी विद्यार्थीलाई आवश्यक बिरुवा र प्राविधिक सल्लाह दिइरहने छौँ’, डिभिजन प्रमुख विनोदकुमार सिंहले भने ।

बस्तीमा विद्यार्थीले थालेका यो अभियानबारे अभिभावकको सकारात्मक चासो बढेको छ। आफूले रोप्न लगेको बिरुवा रोप्न, मल हाल्न र घेराबेरा बनाउन अभिभावकले सहयोग गरेको विद्यार्थीले बताएका छन्।

-रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement