असार २०, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले उकालो लागेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको थियो। यो दिन फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँमा र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर १ हजार ३२५ रुपैयाँ पुगेको छ। गत शुक्रबार स्थिर रहेको चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।