Advertisement
Advertisement
Advertisement
Advertisement

बढ्न थाल्यो कोरोना सङ्क्रमण

  |      14:26:00   |  
web image
web image

असार २३, । जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो ।

स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या निकै बढी थियो । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जेठको दोस्रो साता सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ७०० नाघेको थियो । जेठ १० गते चार हजार ७१३ पुगेको थियो ।
असार लागेसँगै घट्दै गएको सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । असार १ गते एक हजार ५४८ रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएर असार १३ गते एक हजार १४ मा झरेको थियो । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते एक हजार ८७, १६ गते एक हजार १९८ र १८ गते एक हजार २२० हुँदै यो सङ्ख्या एक हजार २७१ पुगेको छ । सक्रिय सङ्क्रमितको प्रतिशत पनि बढ्दै गएको छ । असार ५ गते यस वर्षकै कम दुई दशमलव एक प्रतिशत सङ्क्रमित भएकामा असार १५ गते १७ दशमलव ९६ प्रतिशत, १८ गते २३ दशमलव २४ प्रतिशत, १९ गते २७ दशलमव २४ प्रतिशत, २० गते २७ दशमलव २४ प्रतिशत, २१ गते १९ दशमलव ६९ प्रतिशत र २२ गते १८ दशमलव ४३ प्रतिशत रहेको छ ।
कार्यालय प्रमुख तिवारीले निषेधाज्ञा खुकुलो हुँदै जाँदा सङ्क्रमित बढ्दै गएको बताए । उनले भने, “राम्रोसँग सङ्क्रमितको सङ्ख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि खतरा बढेको छ ।” मानिसलाई खुकुलोपना बढी चाहिएका कारण पुनः सङ्क्रमण थपिएर जाने हो कि भन्ने चिन्ता बढेको उनको भनाइ छ । 

भरतपुर अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका फिजिसियन डा भोजराज अधिकारीले गम्भीर प्रकृतिका सङ्क्रमित नभएर मध्यम र सामान्य प्रकृतिका सङ्क्रमित बढेको बताए । निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको आशङ्का हुँदा पनि घरमा बसेकाहरु परीक्षण गर्न आएर पनि सङ्ख्या बढेको हुनसक्ने उनको अनुमान छ । बर्सातको समयमा पानीमा भिजेर, खेतीपातीको कामले थाकेर भन्दै सामान्य लक्षण देखिएका पनि घरमै रहेको भन्दै उनले भने, “यस्ता कारणले गाउँघरमा सङ्क्रमितको सङ्ख्या झन् बढ्न सक्छ ।”  कोरोनाको मिल्दोजुल्दो लक्षण देखिँदासाथ परीक्षण गर्न पनि उनले सुझाव दिए ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले देशव्यापीरूपमा भन्दा जिल्लामा केही कमी भए पनि बढ्दै गएकामा चिन्ता व्यक्त गरे । 
जिल्लाका अस्पतालमा २१९ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये ६६ सघन उपचारकक्षमा, १७ भेन्टिलेटरमा, ४३ एचडीयुमा र ११० जना सामान्य शय्यामा उपचाररत छन् । जिल्लामा हालसम्म २८७ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितको सङ्ख्या १६ हजार ८६३ पुगेको छ ।

- रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement