चैत २६, काठमाडौं । काठमाडौं विद्युतीय व्यवसायी संघको १२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै शनिबार सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बजारमा हल्ला फैलिए जस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी छन् ।
मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको बताइन् । बजारमा हल्ला फैलाइए जस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन, उनले भनिन् । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नु पर्ने अवस्था छैन ।’ खाडी मुलुकमा भएको कच्चा तेलको मूल्य वृद्धि र रसिया र युक्रेनबीचको युद्धका केही बाछिटा नेपालको अर्थतन्त्रमा पनि देखिएको उनको तर्क छ । तर यसबाट आत्तिन आवश्यक नरहेको उनको भनाइ छ ।