Advertisement
Advertisement
Advertisement
Advertisement

बच्चालाई खेलौना किन्दा अभिभावकले ध्यान दिनुपर्ने ७ कुरा

  |      11:38:00   |  
बच्चालाई खेलौना किन्दा अभिभावकले ध्यान दिनुपर्ने ७ कुरा

पुस १७, काठमाडौं।बच्चाका लागि खेलौना साथीजस्तै हुन्छ । उनीहरुले आफ्नो अधिकांश समय खेलौनासँग बिताउँछन् । बच्चाको खेलौनासँग भावनात्मक लगाव पनि हुन्छ र उनीहरूले खेलौनाबाट धेरै कुरा सिक्छन् । त्यसैले बालबालिकाका लागि खेलौना किन्दा उनीहरूको विकासमा सहयोग पुग्ने खालको रोज्नुपर्छ ।

साना बच्चाहरूलाई राम्रो खेलौना दिइयो भने उनीहरूको विकास र क्षमताको चरणहरूसँग मेल खान्छ । बच्चाहरू दिनको धेरै घण्टा खेलौनासँग खेल्छन् । उनीहरूले यी खेलौनाहरू भुईंमा राख्छन् र फोहोर हातले छुने गर्छन् । कतिपय बच्चाहरूले यी खेलौना आफ्नो मुखमा समेत राख्छन् । त्यसैले बच्चाको लागि खेलौना किन्दा अभिभावकले केही कुरालाई ध्यानमा राख्नुपर्छ ।

प्लास्टिकका खेलौना नकिन्दिने

बालबालिकाका लागि खेलौना किन्दा उनीहरूलाई प्लास्टिकका खेलौना दिनु हुँदैन भन्ने कुरामा ध्यान दिनुपर्छ । प्लास्टिकमा सिसा, फ्यालेट्स र क्याडमियम जस्ता विषाक्त रसायन पाइन्छ । जसले बालबालिकाको शारीरिक विकासमा असर गर्नुका साथै कतिपय अवस्थामा क्यान्सर पनि निम्त्याउन सक्छ । त्यसैले बच्चाका लागि प्लास्टिकको खेलौना नकिन्नु नै राम्रो हुन्छ ।
उनीहरू आफैंले खेल्न सक्ने खेलौना किनिदिने

बच्चालाई यस्तो खेलौना मन पर्छ, जसलाई उनीहरू आफैंले खेल्न सकुन् । त्यसैले उनीहरूको उमेर अनुसार खेल्न सक्ने खेलौनाको छनोट गर्नुपर्छ । बालबालिकाका लागि हानिकारक नहुने र बालबालिकाबाट लुकाउन आवश्यक नपर्ने खेलौना किन्नुपर्छ ।

खेलौनाको आकारमा पनि ध्यान दिने

खेलौना किन्दा बालबालिकाले मुखमा राख्न नसक्ने खेलौना किन्नुपर्छ । त्यसैले यस्तो अवस्थामा खेलौनाको साइज सधैं अलि ठूलो राख्नुपर्छ । साना कार, साना आकारका बल वा अन्य खेलौनाहरू जो सजिलै मुखमा जान सक्छन् त्यस्ता खेलौना किन्नु हुँदैन ।

तिखो खेलौनाबाट बच्ने
बच्चाको खेलौना किन्दा यो ध्यानमा राख्नुपर्छ । ती खेलौना बच्चाका लागि पूर्णरूपमा सुरक्षित होउन् । खेलौना किन्दा धारिलो वा चोटपटक लाग्ने खालको खेलौना किन्नु हुँदैन । त्यस्ता खेलौनाले बच्चालाई खेल्दा चोट पुर्‍याउन सक्छ ।

बिजुलीबाट चल्ने खेलौनाबाट बच्ने

बिजुलीबाट चल्ने कुनै पनि खेलौनाले बच्चाका लागि जोखिम निम्त्याउन सक्छ । बच्चाहरूले आफ्ना खेलौना फ्याँक्छन्, चलाउँछन् र उनीहरूलाई त्यसो गर्न मन पर्छ । यत्तिकैमा बच्चाले खेलौना मुखमा राख्न खोज्यो र सर्ट सर्किट भयो भने बच्चालाई ठूलो नोक्सान हुनसक्छ ।

एकै पटक धेरै खेलौना नलिने

बालबालिकाका लागि एकै पटक धेरै खेलौना किन्न नहुने कुरामा पनि अभिभावकले ध्यान दिनुपर्छ । धेरै खेलौना भएकाले बच्चालाई तिनीहरूसँग खेलिरहन्छन्, जसले गर्दा उनीहरूले नयाँ कुरा सिक्नमा कम रुचि देखाउँछन् ।
चर्को आवाज निस्कने खेलौनाबाट बच्ने

बच्चाका लागि सुरक्षित खेलौना किन्दा शारीरिक हानिबाट बचाउने मात्र नभएर अन्य कुरामा पनि सुरक्षित होस् भनेर ध्यान दिनुपर्छ । उदाहरणका लागि चर्को आवाजका खेलौनाहरू बालबालिकाका लागि खतरनाक हुन सक्छन्, किनकि यसले उनीहरूको सुनाइमा नराम्रो असर पार्न सक्छ । कुनै पनि ठूलो साइरन, गीत वा रेकर्डिङ भएको खेलौना किन्नु हुँदैन ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement