Advertisement
Advertisement
Advertisement
Advertisement

प्रि–मनसुन सक्रिय : हावाहुरी र चट्याङको खतरा

  |      10:34:00   |  
प्रि–मनसुन सक्रिय : हावाहुरी र चट्याङको खतरा

►जमुना धमला
वैशाख १०, काठमाडौँ  । श्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ ।
 
“अहिले प्रिमनसुनको साथै पश्चिमी वायुकोको प्रभाव रहेकाले बिहानैदेखि बदलीसहित वर्षा भएको हो”, मौसमविद् श्रेष्ठले भन्नुभयो । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ । उक्त मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ । 

हाल देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका धेरै जसो स्थानमा र मध्य र पूर्वी तराईका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातको समयमा देशभर आङ्शिकदेखि सामामन्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा र पूर्वी तराईका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । बिहीबार देशको पहाडी भू–भागका साथै मध्य र पश्चिमी तराईका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । वैशाख १२ गते शुक्रबार देशको मध्य र पूर्वी भू–भागको केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस छ ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement