जेठ १५, काठमाण्डौ । बिहीबार बिहान प्रदेश २ मा एकैपटक ७४ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयस्थित स्रोतका अनुसार बिहीबार बिहान प्रदेश २ का विभिन्न जिल्लामा ७४ नयाँ संक्रमित थपिएका हुन् ।
थप भएका संक्रमितहरुमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १२, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन् ।
नयाँ थपिएका सबै संक्रमित भारतबाट नेपाल आएका नागरिकहरु हुन् । भारतका विभिन्न जिल्लामा रोजगारीको क्रममा पुगेकाहरु नेपाल फर्किने क्रम तीव्र भएसँगै भारतीय सीमासँग जोडिएका जिल्लाहरुमा पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ ।
भारतीय सीमानाका प्रदेश २ का सबै ९८० जिल्लासँग जोडिएका छन् । यसकारण समेत यो प्रदेशमा कोरोना संक्रमितको संख्या अन्य प्रदेशको भन्दा उच्च देखिएको छ ।
बिहीबार थपिएका सबै संक्रमित भारतबाट स्वदेश आई विभिन्न क्वारेन्टाइनमा बसिरहेका व्यक्ति रहेका स्थानीय प्रशासनले जनाएको छ ।
योसँगै प्रदेश २ मा मात्र कोरोना संक्रमितको संख्या ४०० नाघेको छ ।