Advertisement
Advertisement
Advertisement
Advertisement

प्रदेश १ मा १ महिला २ पुरुषको कोरोना संक्रमणबाट मृत्यु

  |      10:08:00   |  
Web : Image
Web : Image

वैशाख १६, । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमित तीन जनाको  मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा प्रदेश १ का झापा र सुनसरीका एक, एक र प्रदेश बाहिर धनुषाका एक जना रहेका छन् ।

मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल र विराटनगरको कोसी अस्पताल कोभिड–१९, त्यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

विराटका कोभिड–१९ अस्पताल इन्चार्ज सुनिल देवका अनुसार सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको बुधबार राति  बजेतिर मृत्यु भएको हो ।

श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि महिलालाई केहि दिनअघि उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

पीसीआर परीक्षण गराउँदा बुधबार दिउँसो रिपोर्ट पोजिटिभ आएपछि आफन्त र परिवारका सदस्यले उपचारका लागि कोसी कोभिड अस्पताल लगेका थिए।

त्यस्तै, झापाको अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको आज  बिहान ६ बजेतिर विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भयो । कोरोना पुष्टि भएपछि गत वैशाख ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएका मृतकमा श्वासप्रश्वास र ज्वरोको समस्या रहेको कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।

अस्पताल भर्ना गरिएदेखि नै अवस्था गम्भीर रहेकाले सङ्क्रमित पुरुषलाई आईसीयूमा राखेर उपचार थालिएको भए पनि जीवितै राख्न नसकिएको उनको भनाइ छ । 

बुधबार साँझबाट सङ्क्रमित पुरुषको अवस्था थप गम्भीर बनेपछि परिवारका सदस्यसँगको समन्वयमा थप उपचारका लागि भेन्टिलेटरमा राखिएको जानकारी राजवंशीले दिए ।

यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाका ६० बर्षीय वृद्ध पुरुषको उपचारको क्रममा कोभिड अस्पतालमा हिजो बेलुकी मृत्यु भएको छ । 

सहप्रवक्ता डा चूडामणि पोखरेलका  अनुसार प्रतिष्ठानमा बैशाख १० गते भर्ना गरिएको ती पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक पुरुषमा हिजो बिहान मात्र  उनलाई संक्रमण पुष्टि भएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement