Advertisement
Advertisement
Advertisement
Advertisement

प्रथम महिला न्यायाधीशको निधनमा चिरशान्तिको कामना

  |      17:34:00   |  
प्रथम महिला न्यायाधीशको निधनमा चिरशान्तिको कामना

जेठ ११, काठमाडौँ  । सर्वोच्च अदालतको आज बसेकोे आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालतको प्रथम महिला न्यायाधीश  सुशीला सिंह ‘शिलु’ को आत्माको चिरशान्तिको कामना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको आकस्मिक बैठकले पूर्वन्यायाधीश सिंहको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । 

काठमाडौँ जिल्लाको सोह्रखुट्टेमा १९९६ साल फागुन २२ गते जन्मनुभएका सिंह २०५८ वैशाख ६ गतेदेखि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त हुनुभएको थियो भने २०५९ साल पुस १५ गते स्थायी न्यायाधीशमा नियुक्त भई २०६२ साल फागुन २२ गते उमेर हदका कारण अवकाश लिनुभएको थियो । 

बैठकले पूर्वन्यायाधीश सिंहको शुक्रबार भएको असामयिक निधनले न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको जनाएको छ ।  सर्वोच्च अदालतमा न्यायाधीशका रुपमा रहँदा उहाँले न्यायालयको श्रीवृद्धिका लागि योगदान अतुलनीय रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विशेषगरी देवानी र फौज्दारी कानूनका क्षेत्रमा विशेष दखल राख्ने उहाँ एक निर्भीक, मिलनसार, मृदुभाषी, न्यायको मर्मज्ञ, कानूनको क्षेत्रमा अनुभवी न्यायिक व्यक्तिका रुपमा रहनुभएको थियो । उहाँको शनिबार अन्तिम संस्कार गरिएको छ । 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement