Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिष्ठा लामाको सेल्फीलाई प्रथम पुरस्कार : सेल्फी विथ डटर अभियान

  |      00:00:00   |  
प्रतिष्ठा लामाको सेल्फीलाई प्रथम पुरस्कार : सेल्फी विथ डटर अभियान

जेठ २७, काठमाडौं । विगत एक महिनादेखि नेपालमा सञ्चालनमा रहेको ‘सेल्फी विथ डटर’ अभियान बुधबार एक विशेष भर्चुअल कार्यक्रम आयोजना गर्दै सम्पन्न भएको छ। 
‘सेल्फी विथ डटर’ दिवसका रुपमा नेपाल र भारतमा संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरिएको थियो। 

विगत केही वर्षदेखि नेपालको सामाजिक, प्राविधिक र अनुसन्धानको क्षेत्रमा काम गर्दै आइरहेको संस्था नेपाल इन्टरनेट फाउन्डेसनले भारतीय अभियन्ता सुनिल जागलनसँगको सहकार्यमा महिला सशक्तीकरण तथा लैंगिक समानताको मूल मर्मसहित यो कार्यक्रम नेपालमा पनि सञ्चालन गरियो। 
नेपालमा सञ्चालित एक महिनाको अभियानमा हजारौँ संख्यामा छोरीसँग सेल्फी पठाएका थिए। यस अभियानमा प्रतिभा घिसिङ र उनकी छोरी प्रतिष्ठा लामाको सेल्फीले प्रथम पुरस्कार प्राप्त गरेको छ। यसैगरी दक्षबहादुर राई र मोती सारासँग नातिनी निशुदिका राईको सेल्फीले दोस्रो स्थान प्राप्त गरेको छ भने यमुना प्रसाई र श्रेया पौडेलको सेल्फीले तेस्रो स्थान प्राप्त गरेको छ। 

विजेतालाई ट्रफी र प्रमाणपत्रका साथ क्रमशः २१ हजार, ११ हजार र ५ हजार १०० रुपैयाँ को पुरस्कार प्रदान गरिएको छ। 

समापन कार्यक्रममा भारतका युनियन मिनिस्टर अफ स्टेट रावो इन्द्रजित सिंह मुख्य अतिथिका रुपमा उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले भारतमा सामाजिक चेतना बढाउन ‘सेल्फी विथ डटर’ अभियानले सकारात्मक प्रभाब पारेको बताए। उने नेपाल र भारत देशमा अझै पनि छोरीलाई हेला गर्ने र छोराभन्दा फरक व्यवहार गर्ने गरेको हुँदा यसलाई निर्मूल गर्न प्रविधिमार्फत सामाजिक चेतना विकास गर्न यस्ता अभियानहरु चलाउनुपर्नेमा जोड दिए। ‘यो अभियानले छोरी र महिलालाई मात्र सामाजिक रुपले मजबुतमात्र बनाएको छैन, छोरीहरूको समाजमा सम्मान दिने अभियानले जनआन्दोलनको रूप पनि लिएको छ’, उनले भने।

कार्यक्रममा नेपाल सरकारकी पूर्वमहिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले नेपालजस्तो कम विकसित मुलुकमा अझै पनि छोराछोरीमा भेदभाव रहेको, दाइजोलगायतका सामाजिक कुरीतिले समस्या ल्याएको र सेल्फी विथ डटर अभियान नेपालमा यतिको प्रचलित र चाँडै वायरल भएको कुनै पनि अभियान नै नरहेको बताइन्। ‘छिमेकी देश भारतबाट सुरु भएको छोरीहरुप्रति सम्मानको सामाजिक क्रान्ति नेपालमा पनि द्रुत गतिमा अघि बढिरहेको छ’, उनले भने, ‘यो अभियानले सामाजिक चेतना विकास गर्न सघाउ पुर्याउनेछ।’

कार्यक्रममा भारत सरकार इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयअन्तर्गत राष्ट्रिय इ–गभर्नेन्स महाशाखा प्रमुख अभिशेख सिंहले भारतमा प्रविधि र प्रविधिसम्बन्धी यस्ता अभियानले सामाजिक जीवनशैली सुधार्न र भेदभाव हटाउन सहयोग गरेको बताए। सिंहले भने, ‘ प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रचारित सेल्फी विथ डटर अभियान आज एक विश्वव्यापी आन्दोलनका रूप लिँदैछन्। यो सम्पूर्ण भारत र नेपालका लागि गौरवको कुरा हो।’

नेपालमा पनि यस किसिमको आभियानले छोरीलाई लैंगिक समानताको हिसाबले हेर्न र सोही किसिमले व्यवहार गर्न प्रोत्साहित गरेको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष बिक्रम श्रेष्ठले बताए।

नेपालमा कार्यक्रम संयोजक कल्पना श्रेष्ठले, ‘यो कार्यक्रममा सहभागीले बनाएका सामाजिक भिडियो सन्देशले छोरीलाइ हेला गर्ने समाजमा केही हदसम्म रुपान्तरण गरिरहेको पाएका छौँ।’

सेल्फी विथ डटर अभियान र फाउन्डेशनका संस्थापक सुनील जगलानका अनुसार यो अभियान हरियाणाबाट सुरु गरिएको हो। ‘यस अभियानलाई नेपालका जनताले धेरै मन पराएको र यो अभियानले महिला सशक्तीकरणका लागि नयाँ आयाम स्थापित गर्ने हाम्रो विश्वास छ’, उनले भने।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement