Advertisement
Advertisement
Advertisement
Advertisement

पुस्तक समीक्षा : जीवन र मृत्यु रहस्य खोतलौंँ

  |      14:27:00   |  
Symbolic Image
Symbolic Image

– राजु शाक्य काठमाडौँ, १५ फागुन .मृत्युपछि फेरि जन्म हुन्छ कि हुँदैन ? हरेक चेतनशील मानिसले यो प्रश्नको उत्तर खोजिरहेको हुन्छ । बाल्यकाल र युवावयमा अध्यात्मप्रति खासै चासो रहँदैन । जब उमेर ढल्किँदै जान्छ र शरीर शिथिल भएर जान्छ, उसमा आध्यात्मिक चेत खुल्न थाल्छ । योग, ध्यान, सत्सङ्ग, पुण्यादि कर्ममा उन्मुख हुन्छ । जीव र जगत्को रहस्य थाहा पाउने प्रयत्नमा ऊ लागिपर्छ । 
हामीलाई यो भ्रम छ कि मरेपछि या त बैकुण्ठ प्राप्ति हुन्छ या नरकबास हुन्छ । आत्मा, स्वर्ग, नरक, भगवान्का बारे जे जति ज्ञान आर्जन गरे पनि संशय रहुन्जेल लाभ प्राप्त हुुँदैन । यो संशय मेटाउन आवश्यक छ । जीवन–मृत्यु रहस्यबारेको संशय मेटाउन चाहने जिज्ञासुका लागि  राधामाधव समिति नेपालले ‘जन्म–मृत्यु रहस्य’ पुस्तक प्रकाशनमा ल्याएको छ । जगद्गुुरु कृपालुजी महाराजका नेपाली प्रचारक स्वामी हरिदासजीका शृङ्खलाबद्ध प्रवचनलाई लिपिबद्ध गरिएको यो पुस्तक केही दिनअघि कुलपति गङ्गाप्रसाद उप्रेतीका हातबाट नेपाल प्रज्ञा–प्रतिष्ठानमा विमोचन भयो । पुस्तकमा ‘गीता’ र ‘वेद’का श्लोक उद्धरण गर्दै सरल भाषामा अथ्र्याइएको छ र व्यावहारिक दृष्टान्त र वैज्ञानिक आधारसहित पुनर्जन्म हुन्छ भन्ने तथ्य पुष्टि गर्न खोजिएको छ । 
स्वामीजी भन्नुहुन्छ, यो आत्मा(जीवात्मा) मायाको वशमा छ अर्थात् अज्ञानयुक्त छ । महात्मा अर्थात् महान् आत्मा पहिले हामी जस्तै थिए । पछि महान् आत्मा बने । कसरी? उनीहरुले मूलको ज्ञान जाने र अनुभवबाट जे चिज बताए त्यो अनुभवात्मक ज्ञान बन्यो । मायावी संसारमा भुलिरहेका अज्ञानीले जे बताए त्यो विज्ञान र जसले मूलको ज्ञान अनुभव गरेर बताए त्यो ज्ञान र यी दुवैको जनक, उद्गमस्थल जुन हो त्यो महाज्ञान, परमज्ञान, परमात्माको ज्ञान हो । 
जन्म–मृत्यु गम्भीर दार्शनिक विषय हो र बुझ्न दुष्कर छ तर स्वामीजीले यसलाई सरल र बोधगम्य भाषामा व्याख्या गर्नुभएको छ । सनातन वैदिक धर्ममै सर्वोच्च ज्ञान गीता ज्ञान हो जहाँ बताइएको छ कि जो जन्मिन्छ त्यो अवश्यै मर्छ र जो मर्छ त्यो अवश्यै जन्मिन्छ । मृत्युपछि पनि जीवन रहन्छ र यही कुरालाई अन्य शास्त्रमा पनि समर्थन गरिएको जिकिर उहाँ गर्नुहुन्छ । चौरासी लाख प्रकारको शरीरमा जीवात्मा घुमिरहन्छ, जन्म–मृत्यु भइरहन्छ  तर आत्मा अजर, अमर छ । फेरि मृत्यु कसको हुन्छ त ? स्वामीले यसै कुरालाई खोतलेर जनसाधारणमा पस्कने सराहनीय प्रयास गर्नुभएको छ। मृत्युपछि जीवन छैन, स्वर्ग छैन, नरक छैन, जे छ सबै शरीरै हो भन्ने चार्वाकको दर्शन छ । युनानी गणितज्ञ युक्लिडको स्टेट्रलाइट जोमेट्रीले मृत्युपछि जीवात्मा फेरि जन्मिने मान्दैन । विद्यमान जड पदार्थबाटै निर्जीव, सजीव वस्तु उत्पादन हुन्छन् र विनष्ट हुन्छन् । नष्ट भइसकेपछि फेरि त्यो अस्तित्वमा आउँदैन । ग्राभिटेशनल फोर्स सिद्धान्तका प्रतिपादक आइज्याक न्यूटनका अनुसार ब्रह्माण्ड यन्त्रसमान छ । जसरी यन्त्रले बिस्कुट छाप्छ त्यस्तै जीवलाई पनि छाप्छ र यो जड पदार्थले नै चेतन पैदा गर्छ । मेकानिस्टिक थ्योरी अफ युनिभर्सले पनि यसै कुरालाई समर्थन गर्ने स्वामीजी मान्नुहुन्छ।  
वैज्ञानिक चाल्र्स डार्बिनको इभोलुशन थ्योरीले पनि चार्वाक दर्शनलाई नै व्याख्या गर्छ । यस सिद्धान्तको अन्तरनिहित भाव यही हो कि जड पदार्थबाट विकास हुँदै  चेतन जीव बने, मृत्युपछि केही रहँदैन, पुण्यपाप केही छैन, जे गर्दा पनि हुन्छ । 
ज्ञानले पुनर्जन्म भन्छ र नैतिक र पुण्यका काम गर्न प्रेरित गर्छ । विज्ञानले यो मान्दैन, जे गर्न पनि छुट दिन्छ । यहीँ संशय भयो भन्ने तर्क स्वामीजीको हो । उहाँ भन्नुहुन्छ, संशय रहेसम्म भगवद् क्षेत्र वा कुनै पनि क्षेत्रमा एक कदम पनि चाल्न सकिँदैन । त्यसले पतनतिर डो¥याउँछ मात्रै । 
‘गीता’को चौथो अध्यायको चालीसाँैं श्लोकको सहारा लिँदै स्वामीजी भन्नुहुन्छ – जसको संशययुक्त आत्मा छ, त्यो पतन हुन्छ र त्यो यो मृत्युलोक र परलोकमा सुखदायी रहँदैन । 
सुख, आनन्द, भगवान् जे भने पनि एउटै हो । आनन्द चाहनु नै भगवान् हो, भवगत् क्षेत्रमा प्रवेश गर्नु हो । मायावी संसार कसैले चाहँदैन, त्यो दुःखदायी छ तर अज्ञानले गर्दा सबैजसो  मायावी संसारमै भुलिरहेका हुन्छन् । जीवात्मा भगवान्कै अंश हो । जीवात्माका लागि भगवान् भेटाउने उपाय शरणागति हो भनेर उहाँ सुझाउनुहुन्छ । त्यसो भएपछि मात्र भगवान्को कृपा प्राप्त हुन्छ जुन तीर्थ गरेर वा करोडाँैं दान गरेर पनि प्राप्त हुँदैन । मायिक जीवले दिव्य भगवान्लाई देख्न सक्दैन भन्ने उहाँको मान्यता हो । 

प्राणी मात्रमा इन्द्रिय छ, इन्द्रियमाथि मन, मनमाथि बुद्धि, बुद्धिमाथि आत्मा, आत्मामाथि माया र मायाभन्दा माथि परमात्मा छ । भगवान्लाई हामीले नदेख्नु, नभेट्नु र  दर्शन नहुनुको कारण माया हो । हामी आफ्नै आत्मालाई त जान्दैनाँैं, परमात्मा त परको कुरा । मानव देह कुनै पनि बेला खोसिन सक्ने भएकाले त्यसको तुरुन्तै उपयोग गरिहाल्नुपर्छ, भोलि गरुँला नभन भन्ने उहाँको आग्रह छ । उहाँका अनुसार ‘म’ भगवान्को अंश हो र त्यो आत्मा हो । ‘मेरो’ शरीर भगवान्को अंश होइन । ‘म’ तत्वलाई भुलेर आफूलाई शरीर मान्दै  मानिसले गल्ती गरिरहेको उहाँ ठान्नुहुन्छ । 
स्वामीजीको प्रवचनलाई जस्ताको जस्तै उतार्ने प्रयास पुस्तकमा भएको छ । पढ्दै जाँदा कतै रोकिनु पर्दैन । गहन विषयमाथिको चर्चा भएकाले पाठकलाई थुप्रै ठाउँमा घोत्लिन बाध्य पार्छ । वाक्य गठन कता कता नमिलेको आभास भए पनि व्याकरणगत त्रुटि छैन भन्नुपर्छ । पुस्तकमा मूल्य राखिएको छैन ।   (पुस्तकको आवरण छ)

रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement